×

वीरगन्ज १६ साउन हिजो राष्ट्रिय जनता पार्टी नेपाल पर्सा जिल्लाको अध्यक्ष मण्डल सयोजक परिवर्तन भएको समाचारको खणडन आज एक प्रेस विज्ञाप्ति मार्फत राष्ट्रिय जनता पार्टी नेपालको आर्को पक्षले गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल पर्साको आज सम्पन्न बैठकले अध्यक्ष मण्डलका संयोजक पुरुषोत्तम लाल झा नै रहेको एक प्रेस विज्ञाप्ति मार्फत जनाइएको छ ।

तर हिजो राष्ट्रिय जनता पार्टी नेपाल पर्सा जिल्लाको बैठकमा अध्यक्ष मण्डलका अध्यक्ष प्रेमबाबू पटेल, कृष्ण पटेल, उपाध्यक्ष ईश्वरचन्द्र यादव, शिवशंकर प्रसाद आर्य, मदन यादव, नूर आलम अन्सारी, राजनारायण मिश्रा, मेघराज यादव, सचिवहरु उमेशलाल सहनी, श्रीराम गिरी, शेष समीर, धर्मेन्द्र पटेल, शिवशंकर ठाकुर, विनोद कुशवाहा, सदस्य ओमराज यादव, वकिल हवारीलगायतका बैठकले पुरुषोत्तम लाल झाको २ महिनाको कार्यकाल समाप्त भएको हुँदा संयोजकमा प्रेमबाबू पटेललाई बनाइएको प्रेस विज्ञाप्ति मार्फत जनाइएका थियो ।

तर राष्ट्रिय जनता पार्टी नेपाल पर्साको आर्का पक्षले जिल्ला संयोजक पुरसोतम लाल झाको अध्यक्षमा पार्टी कार्यालयमा बसेका कैठकमा ईमदाद गदी,बिरेन्द्र यादव,मुस्तकीम संसारी लगायतका बैठकबाट राष्ट्रिय जनता पार्टी नेपाल पर्साको हिजोको प्रेस बिज्ञपती प्रती आपती जनाउदै पार्टीलाई बदनाम गर्ने नियतले गरेको कार्यमा संनलगनलाई पार्टीबाट अनुसासनको कार्यवाहीको लागी सिफरिस गर्ने साथै केन्द्रिय कार्यसमितीको बिस्तारित बैठक २०७४,०४,२२ गते हुदा बैठक समापन पछि पुन जिल्लाको सयोजक बिषयमा छलफल गर्ने र आर्को निर्णय नहुनजेल सम्म म नै अध्यक्ष मण्डलका संयोजक रहने पुरसोतम झाले यात्रा डेलीलाई बताएका छन ।

Back to top