×

रन्जन यादव जीतपुर १७ साउन नेकपा एमालेसँग बहुसख्यक मधेसी जनताको समर्थन रहेकाले असोज २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनमा नेकपा एमाले कुनै पार्टीसँग साठगाँठ नगरेर आफनो एक्लै शक्तिमा चुनाव लड्ने पुर्ब अर्थमन्त्री तथा नेकपा एमालेका उपमाहासचिव बिष्णु पौडेलले उदघोष गरेका छन ।बाराको सिमरामा नेकपा एमाले प्रचार बिभाग बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पहिलो र दोस्रो तहको निर्वानमा जनताले आफनो भारिमतले नेकपा एमाले कुन स्तरको पार्टी हो देखाईसकेकाले नेकपा एमाले कसैसँग साँठ गर्न आवश्यक नरहेको बताए । बामपन्थीसँग मिल्नै नहुने सोच भएका काग्रेस र जसको कारणले २०५२ सालमा दश बर्षे जनयुद्ध गरेका पार्टी तत्कालिन माओवादी पार्टी एमालेको शक्ति सामु टिक्ने साहस नभएर एकअर्काको चिन्हमा भोट मागेर निर्वाचण लडिरहेको आरोप लगाए । प्रदेश नंं.२ मा नेकपा एमाले आफनै हिम्मतले पहिलो र दोस्रो चरणको निर्वान भन्दा बढी प्रमुख सिटहरुमा जितेर नेकपा एमाले मधेस बिरोधी नरहेको प्रमाणित गर्ने बताए । टिकट बितरणमा बारा जिल्लामा आर्थिक चलखेल र आफनो आसेपासेलाई टिकट बाँडदा बाराली कार्यकर्ताहरु निरास रहेको भन्ने प्रश्नमा यसमा कुनै सत्यता नरहेको ,टिकट पाउने आसामा रहेका कार्यकर्ताहरुलाई दुख लाग्नु स्वभाबिक भएकाले सबैलाई साथ लिएर अघि बढनुपर्नेमा जोड दिए ।अहिले पनि जिल्लका कतिपय गाउँपालिका तथा नगरपालिकाको टुङगो लागिनसकेकाले सबैको सहमत्तीमै टिकट बाडिने बताए ।

Back to top