यी राशी भएकाहरु कहिले नगर्नुहोस् एक अर्कालाई प्रेम, नभए….

477

कुनै पनि सम्बन्धको सुरुवाती अवस्थामा सबैकुरा राम्रो हुन्छ । यो समयमा तपाईंलाई एक अर्काको नराम्रो बानी पनि राम्रो लाग्ने गर्दछ तर केही समयपछि रोमान्टिक डेट्सले झगडाको रुप लिने गर्दछ ।

आज हामी तपाईंलाई ट्यारो कार्ड अनुसार कुन राशीको मेल खराब छ भन्ने बारे जानकारी दिँदै छौं । यदि तपाईं राशीमा विश्वास गर्नुहुन्छ भने तपाईंको राशीका लागि कोसँगको मेल सबैभन्दा खराब हुनसक्छ ।

मेष र वृषः

मेष राशीहरु आत्मविश्वासी र भावुक हुने गर्दछन् । उनीहरु आफ्नो कुराको अगाडि कसैको कुरा सुन्न रुचाउँदैनन् । यस्तै, वृष राशी भएकाहरु इमान्दार, व्यवहारिक र नविन दृष्टिकोणका हुन्छ । मेष राशी भएकाहरु प्रेमको मामलामा निकै खुल्ला विचारका हुन्छन् । उनीहरु समयसँगै चल्छन् र कसैलाई पनि सम्बन्धमा बाँधेर राख्न रुचाउँदैनन् । यस्तै, दोस्रोतर्फ वृष राशी भएकाहरु प्रेममा आफ्नो भविष्यबारे चिन्तित हुन्छन् । उनीहरु आफ्नो पार्टनरका लागि कति महत्वपूर्ण छन् भन्ने कुरा उनीहरुलाई  जान्ने इच्छा हुन्छ । मेष राशीकाहरुलाई यस्तो कुरा फिटिक्कै मन पदैन । सम्बन्धमा रहँदा यी दुई राशीबिच सधैं वैचारिक मतभेद रहन्छ ।

कर्कट र मकर राशीः

यी दुई राशी एक–अर्कासँग निकै भिन्न हुन्छन् । उनीहरुबिच हरेक कुराका लागि मतभेद हुन्छ । यी दुईलाई नै एक–अर्कामाथि अधिकारी जमाउने चाहना हुन्छ । मकर राशीका मानिसहरु सहनशील हुन्छन् भने कर्कट राशी भएकाहरु आफ्नै सपनाको दुनियाँमा हराइरहेका हुन्छन् । यी दुई राशीमा त्यतिबेला मात्र मेल हुनसक्छ जब यीमध्ये कोही एक पूर्ण रुपमा आफूलाई आफ्नो सम्बन्धका लागि समर्पित गर्नेछन् नभए यी दुईबिच सधैं झगडा मात्र हुने गर्दछ ।

वृश्चिक र मिथुन राशीः

यी दुई राशीको मेल उनीहरुका लागि मात्र नभई वरिपरिका मानिसहरुका लागि पनि समस्या बन्ने गर्दछ । मिथुन राशी भएकाहरु उग्र र हँसिमजाक गर्नुपर्ने किसिमका हुन्छन् भने वृश्चिक राशी भएकाहरु मितभाषी, रहस्यमयी र निकै विचारशील हुन्छन् । हुन त यी दुईबिच केही समानता न हुन्छ तर यी दुई नै एक–अर्कालाई विश्वास गर्दैनन् । इर्श्यालु र शंका गर्ने वृश्चिक राशी भएका मानिसहरु कहिले पनि मिथुन राशीको पार्टनरलाई विश्वास गर्दैनन् । यस्तै, अर्कोतर्फ मिथुन राशीहरु भरोसा गर्ने लायक पनि हुँदैनन् । वृश्चिक राशी भएका मानिसहरु आफ्नो प्रेममा कुनै पनि कमी हुन दिँदैनन् तर मिथुन राशीहरु धैर्यहीन, लापरवाही हुन्छन् । उनीहरु चाँडै  नै आफ्नो पिछा छोडाउन चाहन्छन् ।

धनु र वृष राशीः

धनु राशी भएकाहरु वृष राशीहरुको निराशावादी स्वभावलाई बुझ्न सक्दैनन् । वृष राशी भएकाहरु वृश्चिक राशी भएकाहरुको स्वभावलाई बुझ्न पनि कच्चा हुन्छन् । धनु राशी धैयैवान र सधैं सतर्क हुन्छन् जसका कारण उनीहरु निरस र तनावमा रहिरहने वृष राशीहरुको व्यवहार बोरिङ लाग्ने गर्दछ । वृष राशी भएकाहरु सधैं आफ्नो परिवारका लागि त्याग गर्न तयार हुन्छन् । यसमा धनु राशी भएका मानिसहरु पनि यस्तै हुन्छन् । यो कुरामा यी दुई आपसी सहमती राख्ने गर्दछन् ।

वृष र सिंह राशीः

जिद्दी, इमान्दारी र आकर्षणको विषयमा यी दुबै राशी एकै हुन्छन् । उनीहरुको सम्बन्धमा सबैभन्दा ठूलो समस्या भनेको यी दुबैजना आफ्नो सम्बन्धमा शत प्रतिशत दिन सक्दैनन् । सिंह राशीको इच्छा पूरा गर्न वृष राशीका मानिसहरु धेरैजसो असफल हुने गर्दछन् । यस्तै, सिंह राशी भएका मानिसहरु आफ्नो स्वार्थका कारण वृष राशीका मानिसहरुलाई उनीहरुको इच्छाअनुसार प्रेम दिन सक्दैनन् । यस्तो सम्बन्धमा यी दुबै पार्टनर कहिले पनि एक–अर्कालाई सन्तुष्ट गराउन सक्दैनन् ।

धनु र मकर राशीः

यी दुई राशी बिच निकै बलियो आकर्षण हुने गर्दछ तर उनीहरुको सम्बन्ध धेरै समय टिक्न सक्दैन । मकर राशी भएकाहरु सबैकुरा योजना अनुरुप गर्न रुचाउँछन् र उनीहरुलाई आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्न रमाइलो लाग्छ । यस्तै स्वभावले लापरवाही धनु राशीहरु मकरभन्दा ठ्याक्कै विपरित स्वभावका हुन्छन् । पैसाको बिषयमा यी दुईबिच धेरैजसो झगडा भइरहन्छ । उनीहरु एक–अर्कालाई देखि सहदैनन् भन्दा पनि फरक पर्दैन ।

वृष र मिथुन राशीः

मिथुन राशी भएकाहरु दिमागले सोच्छन् । यस्तै वृष राशीहरु आफ्नो मनको कुरा सुन्ने गर्दछन् । मिथुन राशी भएकाहरु लापरवाही र धैर्यहीन हुन्छन् जबकी वृष राशीहरु शान्त स्वभावका हुन्छन् । मिथुनको विरक्त स्वभाव वृष राशी भएकाहरुलाई समस्यामा पार्नसक्छ । स्वभावका कारण यी दुई राशी एक–अर्काको विपरित हुन्छन् ।

Comments

comments