बलिउड सेलिब्रिटीबारे यी रोचक कुरा तपाईंलाई पक्कै थाहा छैन !

361

बलिउड सेलिब्रिटीका थुप्रै यस्ता कुरा छन् सायद तपाईंमध्ये धेरैलाई थाहा छैन । यदि तपाईं पनि बलिउड स्टार्सका फ्यान हुनुहुन्छ भने तपाईंले यो रोचक कुरा थाहा पाउनैपर्छ ।

रणबीर कपुरः

रणबीर अहिले सुपरस्टार भइसकेका छन् तर आज पनि उनी आफ्नी आमासँग १५ सय भारु पाकेट खर्च लिने गर्दछन् ।

ऋतिक रोशनः

बलिउड नायक ऋतिक रोशनको वास्तविक थर रोशन नभई नागरथ हो ।

सलमान खानः

सलमान खान साबुनका शौखिन हुन् । उनको बाथरुममा हातले बनाइएका र हर्बल साबुनको एउटा ठूलो संग्रह छ ।

रणबीर सिंहः

रणबीरको वास्तविक नाम रणबीर सिंह भवनानी हो । उनी सोनम कपुरका (कजिन) भाइ हुन् ।

आमिर खानः

आमिर खान स्वतन्त्र सेनानी र इस्लामिक फोटोग्राफर अबुल कलाम आजादका पनाती हुन् । उनी भारतका पूर्व राष्ट्रपति डा. जाकिर हुसैनका वंशज र भारतको अल्पसंख्यक कल्याण मन्त्री डा. नजमा हेपतुल्लाका भतिज हुन् ।

अमिताभ बच्चनः

अमिताभ बच्चन दुबै हातले निकै सजिलै लेख्न सक्छन् ।

शाहरुख खानः

शाहरुख खान संसारका तेस्रो धनी नायक हुन् । ३ सयभन्दा बढि फिल्ममा काम गरिसकेका शाहरुखले २९ पटक उत्कृष्ट नायकको अवार्ड पाइसकेका छन् ।

करिना कपुरः

करिनाले फिल्म ‘हिरोइन’ मा १ सय ३० वटा पहिरन लगाएकी थिइन् जसलाई संसारभरीका शीर्ष फेशन डिजाइनर्सले बनाएका थिए । बलिउडको यो पहिलो फिल्म हो जसमा एक हिरोइनको कपडामा यति खर्च भएको थियो ।

दीपिका पादुकोणः

दीपिकाको नाम बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायिकामा समावेश हुनुका साथै फोर्ब्सका अनुसार उनी संसारको सबैभन्दा धेरै कमाई गर्ने शीर्ष १० अभिनेत्रीमा समावेश छिन् । उक्त सूचीमा उनी एकमात्र यस्ती भारतीय नायिका हुन् जसको कमाई २० मिलियन डलर छ ।