४ र ५ गते हुने केन्द्रीय महाधिबेश भब्यताको साथ सफल पार्न

333

वीरगन्ज १५ साउन नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक आज सम्पन्न भएको छ । बैठकले आगामी भदौ महिनाको ४ र ५ गते हुने केन्द्रीय महाधिबेश भब्यताको साथ सफल पार्न कोषाध्याक्ष भूषण यादबको संयोजकत्वमा तयारी समिती बनाएको छ । त्यसैगरि कार्यालय ब्यबस्थित पार्न कार्य समिति सदस्य शुष्मा शर्मा र जियालाल साहलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । बैठकले स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशील पत्रकारिता पुरस्कार सिफरिस समिती समेत बनाएको छ । पुर्ब अध्यक्ष शत्रुघन नेपलाको संयोजकत्वमा बनेको समितिमा उपाध्याक्ष अनुप तिवारी र कोषाध्याक्ष भूषण यादब रहनु भएको छ । बैठकले माथिल्लो तल्ला निर्माणमा ठेकदारलाई १ लाख ५० हजार, इंटाको ५० हजार र सिमेन्टको २३ हजार ३ सय भुक्तानी अनुमोदन गरिएको छ । साथै सूचनाको हक सम्बन्धी कार्यक्रम गर्न केन्द्रीय परिपत्रलाई कार्यन्वयन गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकमा युवराज खड्का, आर के पटेल, भूषण यादब, संजीब मिश्रा, सफल खतिवडा, शुष्मा शर्मा, जियालाल साह, प्रणय कमार साह, पुष्पराज शर्मा बिनोद परियार, अमित कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो