सुखचैना मा.वि.मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

461

वीरगन्ज साउन सुखचैना मा.वि.मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ सेवानिवृत्त राष्ट्र सेवक कल्याणकारी समाजको अायोजकत्वमा तथा अाशाराम होस्पिटल को संयुक्त अयोजना निशुल्क स्वास्थ्य शिविर मा ७२२ महिला बालबालिका तथा पुरुश बिरामी लाई ऊचार तथा अौषधि निशुल्क वितरण भएको डा.एम डि राजाले जानकारि दिए । आयोजना गरेको शिविरमा सहभागिहरुको आँखा, हाड जोर्नि तथा स्वास्थ्य संबन्धि अन्य चेकजाँच गरिएको उनले बताए । शिबिरमा बालरोग बिशेसज्ञ डा. अशोक दास, जेनरल फिजिसियन डा. एम डि राजा, अदिति तिवारी लगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो । स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो । साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा.एम डि राजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । अस्पतालले समय समयमा ग्रामिण क्षेत्रमा यस्ता स्वास्थ्य शिबिरको आयोजना गर्दै आएको पनि उनले बताए ।