सडक निर्माणको १८ महिना बितिसक्दा पनि एडिबीले भुक्तानी नपाइएको पप्पु कन्सट्रक्सन गुनासो

664

वीरगन्ज १५ साउन नेपालगन्ज– कोहलपुर सडक अन्र्तगत राझा देखि रुरेडिया सम्मको साढे १० कि।मि ठेक्का नं। STEP/ICB/NK/01 चेनेज 0+000 b]lv 10+500 सडक निर्माण कार्यको लागि एएमआर पप्पु कन्सट्रक्सन जे।भी र सडक विभाग ए।डि।बि बिच मिति 29 march, 2013 मा सम्झौता भैको थियो । कुल ४६ करोड लागतमा निर्माण हुने गरी गत २०६९ साल १६ चैतमा सम्झौता भई २०७० साल १३ बैशाखमा काम सुरु भएको सो सम्झौता बमोजिम निर्माण कार्य २०७२ साल १३ बैशाखमा सम्पन्न हुनुपर्नेमा तर सो ठेक्का डिजाइन त्रुटी र सडक निर्माण क्रममा BOQ परिणाम भन्दा केहि थप काम र नँया काम भएको हुनाले भेरियसन भई थप काम करिब ३८ ५ थप काम दिएको र खानेपानी, विधुतको खम्बा, नाला समेत छुट भएको काम पुनः पछि थप भई २०७३ साल १६ असारमा सडक विभागले म्याद थप गरेको थियो ।  विभिन्न बाधा, वावधान जस्तै घर फुटाउने, विधुतको पोल, टेलिफोनको पोल सार्नुपर्ने, बन्द हटताल इत्यादीको बाबुजद सोहि ठेक्का सम्झौता बमोजिम निर्माण कम्पनीे सम्झौता अवधि भित्र सो सडक निर्माण सम्पन्न भएको गरेको थियो। सोहि अनुसार २०७३ साल २० असारमा कन्सलटेन्ट आईसिटी र फुलब्राईट जे।भीका टिम लिडर हरिरमन थापाले निर्माण सम्पन्न पत्र समयमा काम सम्पन्न भएकाले Taking Over certificate दिएको थिए । समयमै निर्माण सम्पन्न भई मर्मत, सम्भार अवधिको समयावधि २०७४ साल २० असार मा सम्पन्न भएको छ ।  सडक विभाग आयोजना निर्देशनालय अन्र्तगत नेपालगन्ज कोहलपुर सडक निर्माण योजना एसियाली विकास बैँक एडिबी को लगानीमा निर्माण सम्पन्न भएको नेपालगन्ज कोहलपुर सडक सकिएपछि पनि अझै भुक्तानी नपाएकोे सो सडक निर्माण आयोजना सँग रकम ६ करोड ९० लाख रुपैया बिल रकम भुक्तानी र २ करोड ३० लाख रुपैया धरौटी पाउनुपर्र्ने छ । सो रकम विगत १८ महिनादेखि अझै नपाएकाले एएमआर पप्पु कन्सट्रक्सन जे।भी। ले नेपाल मध्यस्थता परिषद ९नेप्का० मा गत १० साउन देखि ३ सदस्यीय मध्यस्थता समिति गठन भई सो निर्माण कम्पनीको ६ करोड ९० लाख र धरौटी रकम २ करोड ३० लाख र क्लेम रकम ५७ करोड ७० लाख लिनको लागि नेप्काको सहयोगमा दावी गरेको जनाएको छ । सो काम बापत निर्माण गरेका ँष्लब िद्यष्िि भेरियसन तथा बजेटको अभाव देखाई भुक्तानी नदिएको र भुक्तानी दिनेमा विभिन्न किसिमका आर्थिक प्रस्ताव राखिदा हामीले स्विकार नगरेको कारणले कुनै कारणै नभई अनावश्यक पत्राचार, प्रेस वक्तव्य तथा अनलाईन मिडियामा झुटा बयानवाजी र मर्मत सम्भार अवधिमा कुनै ठाँउमा खानेपानीको लाईन फुट्दा पिच भत्केको फोटो राखि हाल मर्मत सम्भार ९म्भाभअत ष्बिदष्ष्तिथ उभचष्यम ० २०७४ साल २० असार मा सम्पन्न भएको छ सकिसकेको अवस्थामा झुटा प्रचार गरि झुटा तबरले आर्थिक प्रलोभन पुरा नभएको कारण जरिवाना लगाउने कार्य गर्ने खोजेको हो जबकी सोहि पत्रिकाको क्ष्लतभचखष्भध मा डिभिजन प्रमुख अर्जुन कुमार बमले निर्माण व्यवसायीका १० करोड भुक्तानी बाँकी रहेको र मर्मत सुधारको पिरियड गुजरिसकेको छ भन्ने अनि जरिवाना लगाउने प्रचार गर्ने झुटा विवरण हो जबकि यस कम्पनीको भुक्तानी नपाएको कारण दुबै पक्षबाट मध्यस्थ नियुक्त भैसकेको र मध्यस्थतता प्रक्रिया चलिरहेको व्यहोरा जानकारी गराउन चाहान्छौ । स्थानीयवासी रामजी यादवले पनि सुरुमा यस सडकमा बिजुलीको खम्बा सार्न करिब २ बर्ष लागेको भएपनि सडक निकै राम्रो र गुणस्तरीय भएको बताए । बजार रोडमा रेलिङ जडान गर्दा व्यवसायीलाई समस्या पर्ने भएकाले पनि यस सडक निर्माणमा अवरोध भएकाले काम गर्न कठिनाई भएकाले सम्पन्न गर्न केहि समय ढिलाई हुन पुगेको बताए ।