वीरगञ्जमा बनदै छ २० करोडको लगानीमा आधुनिक अस्पताल

6371

Share
  •  
  •  
  •  

वीरगञ्ज १५ साउन वीरगञ्जमा एक महिना भित्रै २० करोडको नयाँ अस्पताल सञ्चालनमा आउन लागेको छ । वीरगञ्ज–१३ पावरहाउस नजिक यातायात व्यवस्था कार्यालय नारायणी वीरगञ्जको दक्षिणमा तराई हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालनमा आउन लागेको हो । वीरगञ्जमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँगै ठूलाठूला अस्पताल भए तापनि जटिल किसिमका रोगको उपचारकालागि भने चितवन, काठमाडौं, रक्सौल जाने गरेका छन्। वीरगञ्जमा सरकारीमा नारायणी उपक्षेत्रीय अस्पताल, निजी मेडिकल कलेजमा एडभान्स मेडिकेयर अस्पताल, गण्डक हस्पिटल, वीरगंज हेल्थ केयर अस्पताल, भवानी मेडिकेयर हस्पिटल सञ्चालनमा छन् । शुरुमा २५ शय्याको अनुमति पाएको अस्पतालले आगामी दिनमा २ सयसम्म शय्यासम्म विस्तार गर्ने जनाएको छ । अस्पतालको भौतिक संरचना वीरगञ्जको मास्टर्स विल्डर्सले निर्माण गर्ने जिम्मा पाएको छ । तीन तल्ले अस्पतालको दुई तल्ले भवनको निर्माण सम्पन्न भइसकेको छ भने थप एक तल्ले एक वर्ष भित्र पूरा गर्ने सञ्चालकहरुले जनाएका छन्।हाल अस्पतालको पहिलो तल्ला सञ्चालनमा ल्याई पछि दोस्रो र तेस्रो तल्ला पनि सञ्चालन गर्ने बताइएको छ । अस्पतालले बहिरङ्ग सेवासँगै सबै प्रकारको विशेषज्ञ सेवा प्रदान गर्नेछ । मेडिसिन डिपार्टमेन्टमा मुटु, पेट, छाती, नसा, मधुमेह, थाइराइड, सर्जरीमा साधारण तथा ल्याप्रोस्कोपिक सेवा दिने अस्पताल व्यवस्थापन पक्षले जनाएको छ। नेपाल प्रहरीका पूर्व एसएसपी सदानन्द कुर्मी र उनका सम्धी रामअश्रे प्रसादले २० करोडको संयुक्त लगानीमा अस्पताल निर्माण गरेका हुन्। संचालक कुर्मीका अनुसार अस्पतालको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। उनले भने एक महिनाभित्रै अस्पतालले आकस्मिक सेवासँगै अन्य सेवा शुरु गर्दैछ। । अस्पतालले जनशक्ति पदपूर्तिका साथै रंगरोगनको काम गरिरहेको छ ।
 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here