नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य द्धिवेदी फोरम नेपालमा

1765

वीरगन्ज,साउन १५ – नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य रहेका मुकेश द्धिवेदी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आइतवार विहान संघीय समाजवादी फोरम नेपालका जिल्ला कार्यसमितीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय परिषद सदस्य मुकेश कुमार द्विवेदी, पर्सा जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिवशंकर साह कानू र जिल्ला सदस्य अजयकुमार साह प्रवेश गरेका हुन । फोरम नेपालका केन्द्रीय सदस्यप्रदुम्नचौहन, तराई मधेस प्रदेश कोषाध्यक्षविजय सरावगी ,उपाध्यक्ष सुन्दर कुर्मि लगायत स्थानिय नेताहरुले टिकामाला लगाएर उनीहरुलाई पार्टीमाप्रवेस गराउदै स्वागत गरेका थिए नयाँशक्ति र फोरम नेपालवीचको एकिकरण हुने बाताबरण भगंभएपछि आइतवार तीनैजना फोरम नेपालमा प्रवेश गरको जिल्ला उपाध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए ।

मधेस आन्दोलनबाट अधिकारको लागी उठेका मांगहरुलाइ नयाँ शक्ति पार्टी पुरा गराउन असफल रहेको भन्दै तीनै जना नयाँ शक्ति पाटी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको बताए । ‘मधेसको मागंमा पार्टी अगाडी आउने आफुहरु आशावादी रहेको तर आपेक्षाअनुसार हुन नसकेकोले बताउदै फोरम नेपालमा प्रवेश गरेको केन्द्रिय परिसद द्धिवेदीको भनाइ रहेको थियो ।

वीरगन्जस्थित ठाकुराम बहुमुखि क्याम्पसका निवर्तमान स्वबियु सभापति समेत रहेका द्विवेदीले भने, ‘देशको सता र साधनस्रोतलाई तीनै ठुला दलले शोषण गर्नुको सार्थ मेधसलाइ पेवा ठान्ने दलहरुलाइ मधेसबाट पलायन गर्ने बेला आएको छ ।’ जिल्ला उपाध्यक्ष अब्दुल रहिमको अध्यक्षतामा सम्पन्न भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेता सुन्दर कर्मिले स्वागत मन्तव्य व्यक्त गरेक थिए । कार्यक्रममा प्रदेश सदस्य महराज यादव, युवानेता जसिर खान, शिवजी सोनीलगायतका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।