×

जनचेतनाकोलागी सरसफाइ, नेता सरावगीद्धारा मुर्लीमा डस्टबिन वितरण

वीरगन्ज,साउन १४ - मधेस जनताको अधिकारको लागी आन्दोलनका गर्दै आएको संघीय समाजवादी फोरम नेपाल जनताको विकास तथा समाजसेवामा पनि महत्वपुण भुमिका निर्वाह गर्दै आएको छ । आकस्मीक रक्तदान होस वा पर्सा जिल्लाको वीरगन्जसगं पर्सा जिल्लालाइ जोडने राधेमाइ श्रीसिया नदी सडक निर्माण लगायतको विकास कार्यहरु गर्दै आएको संघीय समाजवादी फोरम पर्सा नेपालले जनचेतनाको लागी स्वच्छ र सफावीरगन्ज सुन्दर वीरगन्जको नारासाथ वीरगन्जको मुर्लीमा मुर्लीमा सरसफाइ कार्यकम समेत गरेको छ ।

सामुदायीसेवा प्रहरी श्रीपुर र स्थानिय जनतासगंको सहकार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरु मुर्लीको नया वस्तीटोलको सडक सरसफाइ गरेका छन् । सरसफाइ कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी, उपाध्यक्ष सुन्दर कुर्मी, युवानेता नासिर खान, रुस्तम मिया, शेख फिरोज, मुस्तकिम अन्सारी सामुदायीकसेवा प्रहरी श्रीपुरका अध्यक्ष राम सर्राफ लगायत स्थानियहरुको सहभागीता रहेको थियो । सरसफाइ कार्यक्रमपछि गांउटोललाइ सफा र सुन्दर राख्नको लागी संघीय समाजवादी फोरमका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीले फलाम र पलास्टीको डस्टबिन समेत वितरण गर्नुभएको थियो । उहाले गाउ टोललाइ सफा र स्वच्छराखे मात्र महानगपालीकालाइ सफा र सुन्दर वीरगन्ज महानगरपालीका बनाउन सकने बताउनु भयो । वीरगन्ज महानगपालीका लाइ सफा र सुन्दर बनाउन जनस्तरबाट आवश्यकता रहेकोले आफुहरुले सरसफाइ तथा डस्टपिन वितरणको कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
Back to top