×

वीरगन्ज १४ साउन । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० भक्तपुर शाखाले भक्तपुरका संचारकर्मीहरुका लागि आयोजना गरेको पाँचदिने व्यबसायीक फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । भक्तपुरका संचारकर्मीहरुलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तालिमको आज समापन कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले तालिमका सहभागिलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

उहाँले सयौ शब्दमा भन्न नसकिने कुरा एउटा फोटोले भन्न सक्ने भन्दै फोटो पत्रकारिताको महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले मध्यपुरथिमि नगरपालिकाले फोटो पत्रकारिताका लागि फोटोग्राफी स्कूल नै संचालनका लागि पहल गर्ने बताउनुभयो ।

त्यसअवसरमा एनएफपिजेका केन्द्रीय अध्यक्ष धु्रब आलेले यस तालिममा सहभागि फोटो पत्रकाहरुले उत्कृष्ठ फोटो खिचेर काठमाण्डौंका मंहगा क्यामरा बोक्ने फोटोग्राफर भन्दा कम छैनौ भन्ने रुपमा पहिचान स्थापित गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मानिसले सिकेर कहिल्य पूर्ण नहुने चर्चा गर्दै ताििलममा सिकेका कुरालाई व्यबहारमा उतार्न सके त्यही नै सफलता हुने बताउनुभयो ।

त्यसअवसरमा बंगलादेशबाट आएका क्याननका बजार ब्यबस्थापक सुनिल त्रिभेदी, प्रशिक्षक मधुसुदन थापा, प्रशिक्षार्थीद्धय शुसिला सिग्देल, चन्द्र चक्रधर लगायतले थोरै समयको प्रशिक्षणमा पनि महत्वपूर्ण विषयको ज्ञान पाएकाले यसको कार्यान्वयन प्रभावकारी हुनेमा विश्वास दिलाउनुभयो ।

कार्यक्रमका सभापति एवं एफएनपिजे भक्तपुर अध्यक्ष रत्नकृष्ण श्रेष्ठले फोटो पत्रकारलाई दक्ष बनाउने प्रशिक्षणको सुरुवात भएको चर्चा गर्दैै केही समयपछि नै दोश्रो तहको तालिम संचालन गर्ने बताउनुभयो ।

फोटोपत्रकारिता तालीमका सहभागी फोटोपत्रकारलाई प्रमाणपत्र वितरण

मध्यपुर ठिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ र एनएफपीजेका केन्द्रीय अध्यक्ष ध्रुव आले शनिबार राष्ट्रिय फोटोपत्रकार समूह भक्तपुर शाखाद्वारा आयोजित पाँचदिने व्यावसायिक फोटोपत्रकारिता तालीमपछि सहभागी फोटोपत्रकारका साथमा ।

Back to top