×

वीरगन्ज १३ साउन वीरगंज महानगरपालिका वडा नम्वर १९ विन्दवासिनिको वरवा निवासि ३१ बर्षिय काजी चौरसिया र अर्का एक जनालाई प्रहरीले गैरन्यायीक हिरासतमा लिएर राखेको उनिहरुका आफन्तले आरोप लगाएका छन् । स्थानिय २८ बर्षिय भरोसि साह कानुको हत्या आरोपमा प्रहरीले दुवै जना युवकलाइ गत साउन ४ गते पक्राउ गरेको भनिए पनि आज सम्म कुनै मुद्धा र म्याद समेत नथपि दुवै जना युवालाई हिरासतमा राखेको आफन्तहरुको भनाइ छ । संविधानको धारा २० को उपधारा ३ बमोजिम पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक २४ घण्टा भित्र मुद्धा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्छ । त्यस्तो अधिकारीबाट आदेश भए बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन भन्ने उल्लेख छ । तर गत ४ गते राति घरैबाट उठाएर ल्याएका चौरसिया सहित दुवै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको ५ नम्वर थुनुवा कक्षमा दुवै जनालाइ राखेर प्रहरीले यातना दिइरहेको आफन्तहरुले बताएका छन् । तिलावे पुल नजिकको खेतमा साउन ४ गते साँझ भरोसि साहको शव फेला परेको थियो । चिकित्सकको पोष्टमार्टम रिपोर्ट अनुसार अत्याधिक मदिरा सेवन गरेर भरोसिको मृत्य भएको देखिए पनि प्रहरीले दुवैजनालाई पक्राउ गरेर ९ दिन देखि राख्नुले प्रहरीको मनशाय गलत देखिएको ती दुवै युवकका आफन्तहरुले बताएका छन् । मृतक भरोसिको परिवारका सदस्यले धेरै मदिरा सेवन गरेकै कारण भरोसीको मृत्यु भएको र घटनामा चौरसियाको कुनै संलग्नता नरहेको भनिरहँदा समेत प्रहरीले समातेर राख्नुले प्रहरीको नियत माथी नै शंका उब्जिएको प्रहरी हिरासतमा रहेका युवकका आफन्तहरुले बताएका छन् । पर्साका प्रहरी उपरिक्षक सुदिप गिरीले भने पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाहि अगाडी बढाए पनि गाउलेहरुको भित्रीबिवादका कारण पनि निजलाई हिरासतमा लिई अनुसन्धान भइरहेको बताउनुभयो । त्यसका लागि पोलिग्राफ समेत गरिने भएकाले आइतबार सम्ममा घटनाको यथार्थ बाहिर आउने प्रहरी उपरिक्षक गिरीको भनाइ छ ।

 

Back to top