×

वीरगंज १३ साउन नागपञ्चमीको अवसरमा आज गहवामाई मन्दिरमा निशुल्क नागदेवताको फोटो बितरण गरिएको छ। बिगत तिन बर्षदेखि राष्ट्रिय हिन्दू एकता मंच नेपालले निशुल्क रुपमा नागदेवताको फोटो बाडदै आएको छ । मंचका केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रचार समितिका सलाहकार समिति संयोजक ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका आजिवन सदस्यहरु पंडित उदयकान्त झा भुपेन्द्र पौडेल, पंडित रामप्रसाद तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा २२५ जना भक्तजनहरुलाई निशुल्क नागदेवताको फोटो बितरण गरिएको थियो । नागंपंचमीको महत्व र बिशेषता बताउन बिगत ३ बर्ष देखि निशुल्क फोटो बाडन थालिएके संस्थाका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम दुवेले बताउनु भयो ।

Back to top