×

वीरगन्ज १२ साउन डुबानले जोखिमपुर्ण र कष्टदायि बनेको राधेमाई देखी सिद्धार्थ माबिनजिक मेनरोडसम्मको सडक संघीय समाजवादीफोरम नेपाल, पर्साले बिहीवार बनाएको छ । पर्साको ग्रामिण क्षेत्रबाट आवतजावत गर्ने अहिले महत्वपुर्ण बन्नेको यो सडक दुरावस्थाको शिकार भएको थियो । बीरगज माहानगरपालिकामा लागु ‘मझौलाशहर एकिकृत शहरी बाताबरणीय सुधार आयोजना’को निर्माण कामका लागि पदमसडक पावरसाहउस चोकदेखी सिर्सिया पुलसम्म एक बर्षभन्दा बढी समय देखी बन्द भएपछि बिकल्पको रुपमा प्रयोग आएका सडकमध्ये यो प्रमुख एउटा सडकखण्ड हो ।

यस सडकखण्डमा मुख्य सडक देखी ५० सय मिटर भित्रपश्चिमतिर जाँदापानीमा डुबेको सडकखण्ड बिहिवार दिउसो देखी हिड्न लायक भएको छ । फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्षविजयकुमार सरावगीको् अग्रसरतामा सडकमा ३ सय मिटरभन्दा टुक्रा ईंटा र राबिस पुरेर सडक खुलाईएको छ । ‘यो सडकखण्ड कसले बनाउला भनेर रामभरोसे थियो, माहानगरपालिकालाई मतलबपनिनभएको अवस्था थियो, राधेमाई बस्ने धुरन्दर साहले भने ‘जे होस फोरमले उद्धार गरेको छ ।’ नेतासरावगीले सडक बनाउनमा लागेका खर्च बेहोरेका हुनभने कार्यकर्ताले श्रमदान गरेर सडक बनाउने काममा योगदान गरेका हुन् ।खालटोमा इटापुर्ने जस्ता श्रमदानमा फोरम नेपालका स्थानीय अगुवाहरु तुफानअन्सारी, नासिर खान, रुस्तम मियाँ, शेख फिरोज, मुस्तकिमअन्सारी, घनश्याम बाबु गुप्ता, ज्याउलअन्सारी, अवधेश पाण्डेय, बिक्रम रायमाझी लगायतका युवाहरुको अग्रसरता रहेको थियो । ‘माहानगरपालिकाकार्यालयलाई पटक पटकआग्रहगर्दा पनि सुनुवाई भएन्, स्कुले बालबालिकादेखी सर्वसधारणसम्म हिड्न गाह्रे थियो,’ नेता सरावगीले भने, ‘हामीले आजयतिबनाई दिएपछि आवतजावतगर्न सजिलो हुनेछ, अहिले यो बाटो गाउँतिरबाट आउनजानपनिमुख्य रुपमाप्रयोग भइरहेको छ ।’ उनले बाटो बनाएपछि आत्मसन्तुष्टि भएको प्रतिक्रियादिए । सडकमा रहेका ठुलठुला खाल्डाहरु पुरीएपछि आउजाउ गर्ने सजिलो भएको स्थानिहरुको भनाइ रहेको छ ।

 

Back to top