×

वीरगंज, १२ साउन बाराको जीतपुरसिमरा १ पथलैया नजिक दुधौरा पुलमा आज विहान टाटासुमो दुर्घटनामा हुँदा ९ जना घाईते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–निजगढ सड्क खण्डको दुधौरा पुल नजिक आँफै अनियन्त्रीत भई सुमो पल्टिएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । निजगढबाट काठमाण्डौंको लागि छुटेको ना.१.ज.६२०७ नम्बरको टाटासुमो दुर्घटनामा परि घाईते हुनेहरुमा चालक ओमकण्ठ न्यौपाने, यात्रुहरु निजगढका बेदनी कुवँर, बखत बहादुर पहरी, रेशमा माझी, जुम्का धामी, राधा देवी चौधरी, ईस्द मंसुर, ठोक्नि धामी र विरबहादुर थिङ्ग रहेका छन् । घाईतेहरुको सिमरा स्थित तराई सिमरा हस्पिटल र अल्पाईन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक गोविन्द कार्कीले जानकारी दिए ।

Back to top