अशोक वैद्यको नेतृत्वमा श्रीलंकन राजदुत डब्लु.एस परेरा संग भेटघाट

300




वीरगंज, १२ साउन नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यको नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको सो भेटघाटमा विश्व हिन्दु परिषद नेपालका सम्पर्क प्रमुख सुनिल कुमार चौधरी र स्तम्भकार रणधीर चौधरीको पनि सहभागिता थियो । मिथिला–अवध संस्कृती संरक्षण परिषदले गर्न गइरहेको रामायण
सर्किट विषयमा दुई दिने कार्यशाला गोष्टीमा भाग लिन महामहिमलाई निमन्त्रणा दिइएको छ । बिदितै छ, रामायण सर्किटको चर्चा गर्दा अयोध्या र जनकपुर मात्र होइन श्रीलंकामा पनि आउने गर्दछ । गोस्वामी तुलसी दास जी ले पनि रामायणमा आधा भन्दा बढी श्रीलंका को ब्याख्या गर्नु भएको छ । यो त्रिदेशीय रामायण सर्कीट हुंदा तीन देश बिच धार्मिक पर्यटन पनि बढने छ । महामहिम डब्लु.एस परेरा ले यसलाई सकारात्मक रुपमा लिनु भएको र दुई दिन गोष्टीमा भाग लिने सहमती पनि जनाउने भएको र सोही क्रममा महामहिम ज्यु लाई बीरगंज र जनकपुर भ्रमणको निमन्त्रणा पनि गरीयो । आगामी महिनामा बीरगंज र जनकपुर भ्रमण गर्ने महामहिमले आश्वासन दिनु भयो ।

Comments

comments