×

वीरगञ्ज ११ साउन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुली १५ को आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम प्रत्येकघरबाट सामुहिक रक्तदान गरिएको छ ।सामुदायीक प्रहरी सेवाकेन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा हरेक घरबाट दुइ दुइ जनाले सामुहिक रक्तदान गरेका छन् ।

वीरगन्जको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांस परिवारका दिदिबहिनी, भाइ महिनी ,बुवाछोरा,आमाछारीले सामुहिक रुपमासंगै रक्तदान गरेको सामुदायीक सेवाकेन्द्रका अध्यक्ष राम सर्राफले बताए । कार्यक्रमका प्रमुख अतिथि वरिष्टप्रहरी उपरिक्षक सुर्यप्रसाद उपाध्यायले रक्तदान जस्तो महानदान प्रति वीरगन्ज वासीको जागरुक्ताले आफुलाइ आश्र्चय चकित बनाएको बताए ।

उहाले खास गरेर रक्तदानमा वीरगन्जवासीको उदाहरणीय सहभागीता रहेको आफुले पाएको बताउदै विभिन्न कार्यक्रमहरुमा स्थानियले गरेको रक्तदानले नेपालमात्र नभइ सिमावर्ती भारतीय रोगीविरामिलाइ समेत ठुलो सहयोग हुने गरेको वरिष्ट प्रहरीउपरिक्षक उपाध्याको भनाइ रहेको थियो कार्यक्रमका विशिष्ट अतिथि संघीय समाजवादी फोरमका मधेस प्रदेशका कोषाध्यक्ष विजयसरावगीले समाजिक कार्यहरुको लागी आफुसधै तनमनधन सबैले त्याररहेको बताउनु भयो ।

उहाले वीरगन्जको वीकास र समाजिककार्यको लागी आफु सधै सहयोग गर्न त्याररेको बताउनु भयो ।नेता सरावगीले स्थानियले गरेको रक्तदानको वितरणमा दुरुपयोग समेत भएकोले यसतर्फ सम्बन्धित निकायको ध्यानपुगनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

सेवाकेन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक सुदिप गीरी,वरिष्ट प्रत्रकार जगदिश शर्मा,जुमादिन शेखहवारी,प्रद्युमन सेढाइ,रेखा साह लगायतकका व्यक्तिहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा लगभग ६६ जना व्यक्तिहरुले रक्तदान गरेको थिए ।
Back to top