×

वीरगंज ११ साउन वीरगंज महानगरपालिकाको वार्षिक यस आव २०७३÷७४ मा १८ करोड १९ लाख ६१ हजार सड्ढलन भएको छ । महानगरको आन्तरिक राजस्व भने २१ करोड राखिएकोमा करिब पौने दुई करोड कम संकलन भएको हो । तुलनात्मक हिसाबमा गत वर्षभन्दा भने राजस्व करिब ५ करोड बढेको छ । वीमनपाका राजस्व शाखा प्रमुख मनोज कर्णले असार मसान्तमा महानगरको आन्तरिक राजस्व ३ करोड ३७ लाख ६० हजार सड्ढलन भएको बताउनु भयो । जेठमा महानगरले १ करोड ९ लाख ९३ हजार मात्र राजस्व सड्ढलन गरेको थियो ।

Back to top