×

वीरगन्ज ११ साउन राप्रपाले सरकारसँग वार्ता गर्नका लागि गठन गरेको वार्ता टोलि भंग गरेको छ । दोस्रो पटकको मन्त्री परिषद् विस्तामा पनि आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै राािष्ट्रय प्रजातन्त्र पार्टी सरकारसँग रुष्ट हुँदै वार्ता टोलि भंग भएको घोषणा गरेको हो । उसले अव वर्तमान सरकारमा सहभागि नहुने घोषणा पनि गरेको छ । आफूले पाउने मन्त्रालय र संख्याका बारेमा छलफल गर्नका लागि राप्रपाले महामन्त्री जयन्त बहादुर चन्दको नेतृत्वमा ३ सदस्सीय समिति गठन गरेको थियो । समितिमा दिलनाथ गिरी र कुन्ती शाही सदस्य थिए ।राप्रपाका मुख्य सचिव विशेश्वर शर्मा सुवेदीले विज्ञप्ती निकालेर आजैका मितिदेखि वार्ता समिति भंग गरेको घोषणा गरेका छन् । यो सँगै अव राप्रपाले संविधान संसोधनको विषयलाई के गर्छ भन्ने चासोको विषय भएको छ । समाचारसेवासँग कुरा गर्दै राप्रपाका नेता दिलनाथ गिरीले भने ‘हिजोका दिनसम्म संविधान संसोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेका थियौं, तर सरकारको रबैया ठिक देखिएन । अव सोचेर निर्णय गछौं । राप्रपाले नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर अंकित गर्नु पर्ने आफूहरुको मागलाई संविधान संसोधनको विषयसँग बार्गेनिङ गर्ने तयारी गरेको छ । गिरीले भने, ‘संविधान संसोधनमा हाम्रो पनि संसोधन छ, हाम्रो माग पूरा हुन्छ कि हुन्न एक पटक सरकारसँग बसेर छलफल गरेपछि मात्र निर्णय गछौं ।’

Back to top