प्रदेश नम्बर २ स्तरीय होटल व्यवसायी संघको नयाँ कार्य समिति गठन

775

Share
  •  
  •  
  •  

वीरगन्ज १ साउन   प्रदेश नम्बर २ स्तरीय होटल व्यवसायी संघको नयाँ कार्य समिति गठन गरिएको छ ।संघिय गणतन्त्र नेपाल संघिय संरचना अनुरुप महोत्तरीको बर्दिबास स्थित गौतम होटलका प्रमुख हिरालाल गौतमको अध्यक्षतामा १६ सदस्यी कार्य समिति गठन गरिएको हो ।
बर्दिबासमा प्रदेश नम्बर २ का होटल व्यवसायिहरुको बृह्त भेलाले सर्वसम्वत रुपमा गौतमलाई अध्यक्षमा छनौट गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रौतहटको होटल उदय प्लाजा चपुरका उदय सापकोटा, उपाध्यक्षमा सिरहाको होटल खुस्बु मिर्चैयाका विष्णु साह, महासचिवमा बाराको होटल सगुन सिमराका मोहन शर्मा, सचिवमा पर्साको होटल अमान प्यालेस वीरंगजका तबरेज आलम, कोषाध्यक्षमा सर्लाहीको नमस्ते होटल लालवन्दीका बैकुण्ठ सापकोटालाई चयन गरिएको छ ।त्यसैगरि सप्तरीको राजविराज र धनुषाको जनकपुरको लागि क्रमश सहसचिव र सहकोषाध्यक्ष चयन गर्न बाँकी रहेको छ । होटल व्यवसायी संघको सदस्यमा होटल शिशमहल बर्दिवास महोत्तरीका दिपेन्द्र पराजुली, होटल सिता प्यालेस चपुर रौतहटका राजेश साह, मनकामना होटल लाहान सिराहाका रामकुमार गुप्ता, होटल सिमरा ईन सिमरा बाराका गोविन्द गहतराज, होटल रानी पोखरी बिरगंज पर्साका छबीलाल उप्रेती, होटल सम्राट हरिवन सर्लाहीका फेकु श्रेष्ठ, होटल सुखसागर जनकपुरधामका दशरथ साहु लागायत छन् । संघिय गणतन्त्र नेपाल संघिय संरचना तयार भई कार्यन्वयनको अवस्थामा गैरहेको बेला होटल व्यवसायीहरुले त्यसै अनुरुप आफ्नो संगठनलाई विस्तार गरेको छ । प्रदेश नं. दुईमा पर्ने धनुषा ,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका गरी आठ जिल्लामा साना ठुला गरि करिब आठ देखि दश हजार होटल रहेको होटल व्यवसायीहरु बताउँछन् । त्यसबाट करिब ४० हजारले प्रत्यक्ष रोजगारी पाएको होटल व्यवसायीको दावी छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here