अन्तिम समयमा नयाँ शक्ति र फोरम एकीकरण अस्वीकार

580

वीरगन्ज १० साउन एकीकरणको अन्तिम समयमा नयाँ शक्ति पार्टी नेपालले संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्न अस्वीकार गरेपछि फोरमका नेताहरु आक्रोसित बनेका छन् । यता संघीय समाजबादी फोरमसँगको एकता प्रक्रियाको पार्टीभित्रैबाट बिरोध भएपछि बसेको नयाँ शक्ति नेपालको केन्द्रीय समिति बैठकमा नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण अभियान सुरु गर्न नेतृत्वलाई सुझाव दिएका छन ।
फोरमका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईप्रति आक्रमक देखिए हुन् । विशेष गरी समाजिक सञ्जालमा फोरमका नेताहरुले बाबुरामप्रति आक्रोस पोखेका छन् । तर फोरमका अन्य नेताहरुले पदको बाँडफाँड नमिल्दा एकीकरण रोकिएको बताउँदै आएका छन् ।

यता फोरम नेता लालबाबु राउतले यात्रा डेलीसंग कुरागर्दै भने हाम्रो झँण्डा र चुनाव चिन्ह र पदको भागभण्डा समेत लागिसकेको छ तर नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई पुर्व प्रधान मन्त्रि समेत रहेको हुनाले उनलाई कुन पद दिने भनेर विबाद रहेको र सो विबादलाई मिलाउन नेताहरु लागेका छन एकीकरण प्रक्रिया जारी रहेको छ ।

एकीकरणबाट बाबुराम पछाडि हटेपछि फोरम नेतृ सरिता गिरीले बाबुराम र फोरम अध्यक्ष उपेन्द्र यादवबीच फरक छुट्याएकी छन् ।
यता केहि फोरमका नेता सञ्चारकर्मीहरुप्रति आक्रोस व्यक्त गर्दै भने,‘पत्रकारहरुले आफै कहिले एकीकरण भएको त कहिले एकीकरण भाँडिएको लेख्छन् । हामीले १५ गते एकीकरण हुन्छ भनेर भनेका छैनौं मिडियाले आफै लेखे । एकीकरण भाँडियो भनेर हामीले भनेका छैनौं मिडियाले आफै लेखे ।’

 

 


SHARE