×

वीरगंज ९ साउन श्रीराम कथा महाज्ञान यज्ञ तथा गायत्री महायज्ञ एवं विशाल दीक्षा समारोह आज देखि शुरु भएको छ । रामचन्द्र प्रसाद रौनियारले आयोजना गरेको १० दिने यज्ञ समारोहको आज पहिलो दिन कलश यात्रा निकालिएको छ । माईस्थान पार्कबाट बिहान बाजागाजा र झाकी सहित निकालिएको कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दैै घडिअर्वा पोखरीमा जल भरी पुनः यज्ञ स्थल माईस्थामा पुगेको थियो । दस दिन सम्म चल्ने यज्ञमा बिहान सात देखि १० बजे सम्म योग हुने र दिउँसो ३ बजे देखि ७ बजे सम्म भारत मेरठका आर्चाय पंडित जनार्धन तिवारीले रामकथा वाचन गर्ने आयोजक संस्थाका सदस्य बिजय कुमार रौनियारले बताउनु भएको छ । कलशयात्रामा ज्योतिष स्रमाट पंडित पुरुषोत्तम दुवे, अन्र्तरािष्ट्रय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका अन्र्तराष्ट्रिय महासचिव डाँ.आर्चाय ऋषभ रेशु,राजपाका नेताहरु ओमप्रकास सर्राफ लगायतको उपस्थिती रहेको थियो । यज्ञलाई लक्ष्मी नारायण फैन्सी सेन्टर महाबिर स्थान र गायत्री प्रज्ञा पिठ माईस्थानले व्यवस्थापन गरेको छ ।

Back to top