×

वीरगंज, ९ श्रावण नेपाल विधुत प्रधिकरण वितरर्ण केन्द्र विरगंजका प्रमुख चुट्टन कुमार श्रीवास्तवले सेवा ग्राहिलाई दुख दिने गरेको विधुत प्रधिकरण कार्यालयका कर्मचारी बिच ब्यापक चर्चा छ । विधुत प्रधिकरणका प्रमुख श्रीवास्तवले विगतमा मिटर रिडरको टेण्डर कम्पटीसन हुंदा रु. १.९५ पैशा पर घर धुरी परेको थियो र सोहि अनुसार काम भइरहेको थियो तर त्यसको म्याद सकिन लाग्दा पुन ः टेण्डर गर्नु पर्ने तर त्यो न गरी केन्द्र प्रमुख श्रीवास्तवले त्यस लाई वढाएर हचुवाको भरमा रु. ५.७० मा अर्को ठेकेदारलाई दिई वर्षेनी कमिशन खाई म्याद थप्दै लाखौ को भ्रस्टाचार गरेको आरोप छ । थ्री फेजको नयां लाइन जडान गर्न जांदा ट्रान्सफर्मर जडान गर्नुस भनि झन्झटीलो वाटो देखाउंछन् अनि मोटो रकम लिई सके पछि सोही पुरानो ट्रान्फर्मरवाट लाइन दिने गरेको रानीघाट चामल ब्यपारीले आरोप लगाएका छन । आफ्ना भई रन्जीत श्रीवारुतवलाई मरमत शाखामा राखी मनोमानी ढंगंले त्यहां वाट पनि रकम असुली रहेका छन अप्ठयारो पार्ने कर्मचारीहरुको सरुवा गराई आफना भई र वहिनीलाईको पुन यहां सरुवा मिलाएका छन् यस विषयमा श्रीवास्तवसंग बुझदा यो धेरै पहिले रु. ५.७० ठेक्काबाट नै भएको रेट हो, कर्मचारीको तलव संगै बढने कुरा हो मैले यस काममा मिटर रिडरको टेण्डर कम्पटीसन हुंदा रु. १.९५ पैशा पर घर धुरी परेको थियो र सोहि अनुसार काम अहिले भएको र पुरानो ट्रान्फर्मरवाट लाइन दिने गरेको कुरामा मैले एक पैसा खाएको छैन खाए अखतियार जस्ता सस्थाले मलाई छोडछ , बहिनी संगै २५ जना कर्मचारीको सरुवा भएको छ मेरो बहिनीको पनि गैर सरुवा भएको छ र भाईको सरुवा मियाद अहिले बाकी रहेको ले उ वीरगन्ज शाखामा नै छन उनले भने ।

Back to top