×

चिरञ्जीवी यादव वीरगन्ज ९ श्रावण भारतको मोतिहारी जिल्ला थाना रकसौल ग्राम पंचायत पनटोकाका दर्शनार्थी भक्तजनहरु सवार भएको ना ५ त ३६३० नम्बर को ट्रेक्टर भाडा गरि पर्साको दुदेशवर माहदेव मन्दिर भाथामा सोमबारको जल चढाउन गईरहेको ट्रैक्टर राती सखुवाप्रसौनी गाउपालिकाको वार्ड नम्बर,५ बलुवा र देवारबना को बिच पर्ने सडक खण्डमा ट्रेक्टर सडक बाट १० मिटर तल खेतमा मध्य रातको १२ बजे पल्टीदा ट्रेकटरमा सवार २५ जन्ना भाथामेलाहेर्न गइ रहेको दर्शनार्थीमध्ये ८ जना घाइते भएको छ। चालकबुनिलाल राम अत्याधिक रक्सी सेवन गरि गाडी चलाइ रहेको कारण सो घट्ना भएको हो। बर्स ५० को महेन्द्र पसवान र बर्स ९ को पुजा कुमारी को उप्चारको क्रममा मृत्यु को नरायणी उपक्षेत्रीय असपताल बिरगंजका प्रहरी बिटले जनाएको छ । बाकी ६ जनाको उपचार भैरहेको बिटले जनाएको छ।

पर्साको सिमावर्ती गाउँ पन्टोका को बर्ष ३५ को राधीका देवी पसवान, सनतोस राम,बिटु कुमार साह,सोभा देवी राम,सुमिन्त्रा राम, र ट्रेकटर चालक बुनिलाल राम समेत गम्भिरघाइते भएको हो। उनिहरु को उदार को लागि प्रहरी चौकी रंगपुरटाडी , ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, प्रहरि चौकी महुवन, र सशस्त्र प्रहरी बल सुरक्षा बैसकैम्प बागेश्वरी तित्रौना को प्रहरी टोलि खटी घाइते हरु लाई उदारगरि उपचार को लागि बिरगंज को नारायणी उप क्षेतृय अस्पताल बिरगंजमा पठाईएको इ प्र का पटेर्वा सुगौलिका प्र नि महेश बस्नेतले बताउनु भएको छ। बाकी ६ जना घाइते अवस्था चिन्ता जनक रहेको र उपचार ना उ क्षे बिरगंजमा भैरहेको नरायणी प्रहरी बिटले जनाएको छ।

Back to top