×

पारवानीपुर, साउन ७ – नेपालको अतिब्यस्त सडकखण्ड वीरगन्ज पथलैविच दिनहुँ जसो सवारी दुर्घटनामा मानिसहरुको ज्यान जानु, गंगभंग हुनु र सवारी साधन तथा मालसामानको क्षति हुनु यस भेगको लागि नौलो कुरा होइन् । केही समय यता यो सडक दिनप्रतिदिन अझ ज्यानमारा बन्दै गएको छ । शनिवार त्यसतै एउटा दिन रह्यो । सडकमा भएको सवारी दुर्घटनामा जितपुर सिमरा नगरपालिकाका कुमार चौलागाईले ज्यान गुमाए, उनी बसेको मोटरसाइकलका चालक रुद्र थापाको टाउकोमा चोट लागेर गम्भीर घाइते भए । त्यसतै अर्को एउटा घट्नामा बेल्वा गाउँ पालिकाका असर्फी साह मृत्युको मुखबाट फर्केका छन् ।

बहुअरीस्स्थित वीरगन्ज केयरहोस्पिटलमा ८ बजे अचेत अवस्थामा साहलाई ल्याइएको थियो भने त्यसको २० मिनेटपछि चौलागाईलाई ल्याइएको थियो । ‘हेर्दा हेर्दै आखाँ अगाडी नै घट्ना भएको हो, वीरगन्जतिरबाट मोटर साइकलमा आएर असर्फी साह परवानीपुर चोकमा पुग्नै लगेका थिए, त्यहाँ नपुग्दै सडकमा रहेको २ फिट गहिरो खाडलमा उनको मोटरसाइकलको आगाडीको पाँग्रा पर्यो, उनी मोटरसाइकलबाट हावामा उछिटिएर सडकमा बजारिए, एउटा टिपरको अगाडी,’ साहसंगै अस्पताल आएका अमिरीलालले भने, ‘टिपरले ब्रेक नलगाएको भए ठुलो घट्ना हुने थियो, संयोगले नेता प्रदीप उतरतिरबाट आइरहेका थिए, उद्धार गरे ।’

बेलामा अस्पताल पुगेकोले साहको अवस्था नियन्त्रणमा ल्याउन सकिएको नभए ढिलो भइसक्ने थियो भनी अस्पतालका चिकित्सकहरुले प्रतिक्रिया दिए । ‘२ मिनेट पनि बिलम्ब नगरी गाडीमा हालेर हामीले उहाँलाई अस्पताल ल्याई हाल्यौं,’ संघीय सामाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘त्यो ज्यानमारा सडकको खाल्डोले यो दुर्घटना भएको हो, राजमार्ग पनि यस्तो हुन्छ र ? त्यो पनि देको सबभन्दा बढी सावारी चाप भएको राजमार्ग ?’ पार्टीका पर्सा जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीसंगै अस्पताल घाइतेलाई स्याहारी रहेका यादव आक्रोशित देखिए ।’ उनले वीरगन्ज पथलैया सडक खण्डको खाल्डाखुल्डी पुर्ने दबाव दिएर एक हप्ताभित्र ठिक पार्न लगाउने प्र्तिक्रिया दिए ।

साहको संयोग बलियो थियो, टिपरले ब्रेक लगयो, उद्धारकर्ता भेंटिए, अस्पताल नजिकै थियो, चौलाईसंग भने त्यसतो भएन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख रहेका प्रहरी निरिक्षक गोबिन्द कार्कीका अनुसार चौलाई पछाडीतिर बसेको उतरबाट सिमरातिर आउदै गरेको ना २७ प ४८१९ नम्बरको मोटरसाइकल पथलैया नजिकै टिप्परको ठक्करमा पर्यो । मोटरसाइकलबाट उछिटिएर उनि हावामा उडेर सडकमा बजारिएपछि घाइते अवस्थामा अस्पताल ल्याउदा चिकित्सकहरुले मृत घोषित गरे । मोटरसाइकल चालक थापा हेलमेट लगाएकोले जोगिए पनि गम्भीर घाइते भए ।

देशको ६० प्रतिशत पारवहन हिड्ने यो सडकखण्ड सबभन्दा बढी खतरनाक पनि छ । अहिले नेपाल सरकारको ब्यपारिक मार्ग विस्तार परियोजनामा परेर ६ लेनको बन्न लागेको छ । बिडम्बना सबभन्दा बढी सवारी चाप रहेको यो सडक सबभन्दा अन्तमा मात्र परियोजनाभित्रको योजनामा परेको हो । सडक बनिसक्नुअघि अझ कतिले यसमा ज्यान गुमाउने हो ठेगान छैन् ।

Back to top