साउन ९ गते देखि श्रीराम कथा महाज्ञान यज्ञ हुने

363

वीरगंज ७ साउन  श्रीराम कथा महाज्ञान यज्ञ तथा गायत्री महायज्ञ एवं विशाल दीक्षा समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । वीरगंजको माईस्थानमा आज पत्रकार भेटघाट गरी आयोजकले सो यज्ञ बारे जनाएको छ । रामचन्द्र प्रसाद रौनियारले आयोजना गर्न लाग्नु भएको यज्ञलाई लक्ष्मी नारायण फैन्सी सेन्टर महाबिर स्थान र गायत्री प्रज्ञा पिठ माईस्थानले व्यवस्थापन गरेको पत्रकार भेटघाटमा बिजय कुमार रौनियारले जानकारी दिनुभयो । पत्रकार भेटघाटमा बोल्दै बिजय कुमार रौनियारले १० दिने यज्ञको कलश यात्रा साउन ९ गते सोमबार बिहान सात हुने जानकारी दिनुभयो । उनले साउन १० गते देखि १६ गते सम्म बिहान ५ देखि ६ बजे सम्म योग र प्राणायाम हुने,साउन १० गते नै बिहान ७ बजे देखि १० बजे सम्म कर्मकाण्ड पुजा एवं गायत्री हवन यज्ञ हुने र साउन १८ गते बिहान सात बजे यज्ञको समापन हुने बताउनुभयो । रौनियारले भारत मेरठका आर्चाय पंडित जनार्घन तिवारीले प्रत्येक दिन दिउँसो ३ बजे देखि कथा वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । माईस्थानमा पार्कमा हुन लागेको १० दिने श्रीराम कथा महाज्ञान यज्ञ हुने आयोजकले जनाएको छ । पत्रकार भेटघाटमा ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे,शिक्षाविद एवं विपिसी क्याम्पसका संचालक डा . दिपक शाक्य, राजपा नेपालका वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, पंतञ्जली योग समितीका नारायणी प्रमुख किशोरी कलवार, गायत्री परिवारका धर्मेन्द्र गुप्ता लगायतको ,अरुण गुप्ता, दिपनारायण दुवे लगायतको उपस्थिती रहेको थियो । पत्रकार भेटघाटमा बिजय कुमार रौनियारले आफनो बुबाको सपना पुरा गर्न आफुले सो यज्ञ गर्न लागेको जानकारी दिनुभयो । उहाँले जन्मदिने वुवाको सपना पुरा गर्न छोराको कर्तव्य भएकोले सवैले आफनो वु्वाको ईच्छा पुरा गर्न प्रयास गर्नुपर्ने बताउनुभयो । यसैगरी शिक्षाबिद डा. दिपक शाक्यले सनातन धर्मको संरक्षण र सु संस्कृतिको बिकास गर्न पनि यस्ता यज्ञ महत्वपुर्ण साबित हुने बताउनुभयो ।