नेकपा एमालेको विभिन्न वडाहरुमा भेला तथा छलफल

397




वीरगंज ६ साउन, नेकपा एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरसमितिको आयोजनामा वडा नं. १ मा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले एमालेको जितले नै नगरको चौतर्फी विकास हुने बताउनु भएको थियो । पार्टीका नेता एवं नेशनल मेडिकल कलेज वीरगंजका एमडि बसरुदिन अंसारीले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु नगरको विकास एवं जनताको सुख, दुःखमा एक भएर लाग्नु पर्ने चर्चा गर्दै नगरको चौतर्फी विकासको लागि आफुले कुनै कसर बाकि नराख्ने बताउनु भयो । वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार समेत रहनु भएको अंसारीले आफु लगायत नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई भारी बहुमतले जिताउन कार्यकर्ता तथा स्थानियबासीहरु संग आग्रह गर्दै स्थानिय तहको निर्वाचनमा नेकपा एमाले हाल सम्म अग्रस्थानमा रहेको बताउनु हुदै अब आउदो प्रदेश नं. २ को निर्वाचनमा पनि नेकपा एमाले नै अग्रस्थानमा आउने दाबी गर्नु भयो । वीरगंज महानगर संयोजक उसमान अंसारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरु चिरञ्जीवी अचार्य, नवराज शर्मा, मानदेव हजरा, बसरुदिन अंसारी, प्रभु हजरा, राजकुमार सिंह लगायतका वक्ताहरुले आउदो स्थानिय तहको निर्वाचनमा पार्टीलाई अत्याधिक मतले बिजयी बनाउन सबैले आ–आफ्नो स्थानबाट इमान्दारिता पूर्वक लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पप्पु सिंह, रामप्रसाद साह, रामानन्द पटेल, नन्दलाल साह, रामबाबु प्रसाद पटेल, दिपक साह लगायत स्थानियबासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । त्यसैगरी नेकपा एमालेको वीरगंज वडा नं. ११ श्रीपुरमा पनि टोल भेला सम्पन्न भएको छ । स्थानिय प्रयाग महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला इन्चार्ज एवं सांसद् रामचन्द्र साह, सांसद् बिचारी यादव, सांसद् जुनैद अंसारी, बसरुदिन अंसारी, प्रभु हजरा, बालगोपाल थापा, चिरञ्जीवी आचार्य, किशोरी कुशवाहा लगायतकाले पार्टीको निति र सिद्धान्तको बारेमा सहभागीहरुलाई जानकारी गराउदै स्थानिय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई बिजयी बनाउन कार्यकर्ताहरुलाई आ–आफ्नो स्थानबाट सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो । यसैगरी सो भेलाबाट शंकर महतोको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरीय कार्यसमिति तथा ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन भएको छ । यसैगरी नेकपा एमाले वीरगंज महानगर कार्यसमितिको आयोजनामा वीरगंजको वडा नं. १४ पिपरामा पनि कार्यकर्ता भेला एवं चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष अवधेश साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं सांसद् रामचन्द्र साह, सांसद बिचारी यादव, सांसद जुनैद अंसारी, जिल्ला संयोजक प्रभु हजरा, वीरगंज महानगर मेयरका उम्मेदवार बसरुदिन अंसारी, प्रदेश सदस्य चिरञ्जीवी आचार्य, बालगोपाल थापा, नगर संयोजक उसमान अंसारी, नगर सचिव मानदेव हजरा, अनिल पटेल लगायतकाले पार्टीका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक मतले बिजयी बनाए मात्र नगरको विकास सम्भव रहेकोमा जोड दिनु भएको थियो । यसैगरी नेकपा एमाले वीरगंज महानगर समितिकै आयोजनामा वीरगंजको वडा नं. १८ सौराहामा वडा समितिको बैठक एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष रामानन्द पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पर्साका संयोजक प्रभु हजरा, नेता बसरुदिन अंसारी, चिरञ्जीवी आचार्य, मानदेव हजरा, नगर संयोजक उसमान अंसारी, राजकुमार सिंह, रामप्रसाद साह, नन्दलाल साह, आसा देवी पासवान, दुरपति देवी पासवान, शारदा देवी राउत, इन्ताज हवारी लगायतले आ–आफ्नो मनतव्य व्यक्त गर्नु भएको थियो ।

Comments

comments