आदेश बिरुद्ध काम गर्ने श्रीमति झा माथी महानगरपालिकाले किन कार्यवाही अगाडी बढाएन् ?

658

बीरगंज ७ गते श्रावण र जिल्ला सप्तरी तिलाठी वडा नं. ६ बस्ने पदम कान्त झा ले बीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुर फुलबारी टोल हाल बी.म.न.पा.वडा नं.११ स्थित बस्ने ज्ञान देवी गुभाजुसँग यही २०७४ बैशाख २८ गते आफ्नो श्रीमति किरण झाको नाममा जिल्ला मालपोत कार्यालय पर्साबाट २३ धुर १० कन्वामा निर्मित दुई तल्ले ११वटा पक्की कोठा सहितको घर तथा जग्गा कौडीको भाउँमा खरीद गरी रजिष्द्रेशन पास गराई उक्त जग्गा छेउँमा रहेको साबिक किताको नहर एवं नाला सहित उल्लेख रहेको किताबाटै हाल ४ फिटको बाटो एवं ढल समेत रहेको जग्गा झा परिवारले अतिक्रमण गरी बलजफ्ति कम्पाउण्डवाल लगाउन खोज्दा गाउँले तथा टोलबासीहरुको विवाद एवं बाटोको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशब राज घिमिरे समक्ष यही असार १८ गते लिखित उजुरी समेत गरे । सो उजुरी पत्र अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले सार्वजनिक स्थल अवरुद्ध गरे हटाउन लगाउने आलटाल गरे भत्काउन लगाउने भनी लिखित आदेश बी.म.न.पा.का.पर्सालाई आदेश गर्नु भएको थियो । उक्त उजुरी पत्र कार्यान्वायन गराउन सोही दिन दिउँसो ३ बजे बी.म.न.पा.का.को दर्ता फाँटमा एक जना पिडितले दर्ता गराए । सो पत्र अनुसार बी.म.न.पा.का.ले असार २७ गते निर्माण कार्य रोक्का राखी प्रमाण लिई उपस्थित हुन आउँने बारे कर्मचारीले लिखित पत्र श्रीमति किरण झा लाई बुझायो । उक्त पत्र अनुसार श्रीमति झा ले श्रावण १ गते बी.म.न.पा.का.मा आफ्नो प्रमाण सहित एकातिर उपस्थित भईन् । भने अर्को तिर बी.म.न.पा.का.ले निर्माण कार्य रोक्का राख्ने आदेशलाई नै श्रीमति झा ले ठाडै उलंघन गर्दै पर्सी पल्ट देखी महानगरपालिकाको आदेश बिरुद्ध साबिक कितामा उल्लेख रहेको नहर , नालाको जग्गा कब्जा गरी धमाधम कम्पाउण्डवालको काम आगाडी बढाएको कुरा बारम्बार बी.म.न.पा.का.का ई. झा लाई मौखिक जानकारी टोलबासीले गराएता पनि कुनै किसिमको ठोस कदम महानगरपालिकाका ई. झा ले अगाडी नबढाए पश्चात टोलबासी तथा गाउँलेहरुको शंकाको घेरामा ई. झा रहेका छन ।

Comments

comments