सुँन तथा नगद दोब्ब बनाई दिने चारभारतीय ठग पक्राउ

927

Share
  •  
  •  
  •  

वीरगन्ज ६ साउन सुँन तथा नगद दोब्ब बनाई दिने लालच दिई महिलाहरुलाई ठग्दै हिडेका चार जना भारतीय युवकलाई प्रहरी पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ मुर्ली चोकबाट प्रहरीले ठगीको अभियोगमा भारत उत्तर प्रदेशको बलिया जिल्ला निवासी पिन्टु नट, मुखलाल नट, भुवर नट र विनोद नटलाई पक्राउ गरेको हो । चारै जान युवाले मुर्ली चोक निवासी एक महिलाको घरमा प्रवेश गरी कानमा लगाउने सुँनको बाली दोब्बर तौलको बनाई दिन्छु भन्दै ठग्न खोज्दा भेद खुली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । पक्राउ परेका चाँरै जना युवकलाई आवश्यक अनुशन्धानका लागि जिप्रकामा राखिएको र उनी माथि ठगी मुद्दा चलाउने तयारी प्रवक्ता जोशीले बताउनु भयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here