वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट १५ अर्बको खाद्यान्न आयात

361

वीरगञ्ज ६ साउन भारत तथा तेस्रो मुलुकबाट गत आर्थिक वर्षमा वीरगञ्ज नाका हुँदै १५ अर्बको खाद्यान्न आयात भएको छ । वीरगञ्ज भन्सार तथा सिर्सिया सुख्खा बन्दरगाह हुँदै आर्थिक वर्ष २०७३/७४ मा धान, चामल, गहुँ मकै लगायत खाद्यान्न आयातका लागि १४ अर्ब ९० करोड ४८ लाख ९७ हजार रुपैयाँ वाहिरिएको छ । वीरगञ्ज भन्सार तथा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनूसार धान चामल, गहुँ, मकै, मुसुरो, भटमास, कोदो, बोडी, केराउ, फापर लगायतका खाद्यान्न भारत तथा अन्य तेश्रो मुलुकबाट आयात भएको छ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा तिन अर्व बराबरको धान, साढे २ अर्व मूल्य बराबरको मकै, २ अर्ब मूल्य बराबरको चामल आयात भएको भन्सार कार्यालयको तथ्याँकमा उल्लेख छ ।


SHARE