बिर्ता वडा प्रहरी कर्यालयद्वारा अवैध घरेलु मदिरा नष्ट

610

बीरगंज ६ साउन जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट घरेलु मदिरा नियन्त्रणका लागि थालिएको विशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले अवैध घरेलु मदिरा पक्राउ गरी नष्ट गरेको छ । महानगरपालिकाको विभिन्न ठाउहरुबाट बरामद भएको ३ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ । वडा प्रहरी कार्यालय बिर्ताले बिरगंजको बसपार्क, नागवा, भन्सार क्षेत्र लगायतका ठाउ“हरुबाट बरामद भएको घरेलु मदिरा नष्ट गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक अनिष कर्णको कमाण्डमा खटि गएको प्रहरी टोलीले वीरगंजको बिभिन्न ठाउ“हरुमा संचालन रहेको रक्सी भठीबाट घरेलु मदिरा बरामद भएको थियो । बरामद भएको ३ सय लिटर घरेलु मदिरा स्थानियवासी, पत्रकार समाजसेवीको रोहबरमा नालीमा खसाई नष्ट गरिएकाे छ।