पर्सा प्रहरीले गरे वृहत रक्तदान कार्यक्रम १०४ जनाले रक्तदान गरे

1900




वीरगन्ज ६ साउन अञ्चल प्रहरी कार्यालय नारायणी विरगंजले आज विरगंजको टिवडेवाल धर्मशालामा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीको संयोजकत्वमा भएको कार्यक्रममा ८ महिला सहित १०४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरिक्षक सूर्य प्रसाद उपाध्यायले रगतको पोका रक्तदातालाई दिएर कार्यक्रमको शुभारम्भ गर्नु भयो ।

कार्यक्रममा नेपाल रेडक्रसका सभापति फूलमहद मिया, प्रहरी उपरिक्षक सुदिप गिरी, प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराई,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक अनिश कर्ण, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋषि कुमार ढुंगानालगायतको सहभागिता रहेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी केन्द आदर्शनगरलगायतका संस्थाहरुको सहयोगमा कार्यक्रम भइरहेको छ ।

कार्यक्रममा ज्योति सिंह, मुकेश खेतान, मुर्लि जलान, अञ्जिली प्रजापति, संजय शर्मा, निलु भट्टराई , ललित अग्रवाल लगायतले रक्तदान गरेका छन् ।

Comments

comments