जनता पार्टी नेपाल गरे भ्रष्टाचार मुक्त समाज बिषयक अन्तरक्रियाकुर्मी

426

बिरगंज ६ साउन रास्ट्रीय जनता पार्टी नेपाल बिरगंज महानगर कमिटीले आज“भ्रष्टाचार मुक्त समाज बिषयक अन्तरक्रिया“कार्यक्रम आज बार एसोसिएसन पर्साको सभाहलमा सम्पन्न गरेको छ।महानगर अध्यक्ष ओमप्रकाश शरार्फको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी नेपालका रास्ट्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मिले सम्बोधन गर्दै भ्रष्टाचार मुक्त समाज निर्माणमा सब भन्दा पहिला राजनीति भ्रस्टाचार मुक्त हुनु पर्ने बताउदै भ्रष्टाचार र घुसखोरीले समाज त्राहिमाम भएको बताए।सरकरी कार्यालयमा बिना घुसको जनताको कुनै काम नहुने तथा बिकास प्रदायक निकायमा कागज मै बजेट सिधयार जनतालाई बिकास र शुशासनबाट बन्चित गरेको जिकिर गरे।कार्यक्रममा बिशिस्ट अतिथि पार्टीका महासचिव शिव पटेलले सम्बोधन गर्दै चुनाव बाटै भ्रस्टाचार सुरु हुने गरेकोले सभ्य र इमानदार ब्याक्तित्वलाई समाजको अगुवा नेता वा प्रतिनिधि बानाउनु पर्ने बताए।शिक्षा स्वास्थ एवं बिकासका अन्य क्षेत्रमा निगरानी गर्न आम जनता चनाखो हुनु पर्ने बताए ।अर्का विशिष्ट अतिथि नागरिक समाजका अगुवा प्रो.डा.दिपका शाक्यले सम्बोधन गर्दै पाँच जना भ्रष्ट भएर होइन पन्चानब्बे जना चुप लागेकोले भ्रष्टाचार मौलाएको बताए।भ्रष्टाचारलाई संस्थागत रुपले उन्मुलन गर्न आर्थिक समृद्धि अनिवार्य रहेको बताए।कार्यक्रममा फोरम नेपालको केन्द्रिय सदस्य एवं पुर्व मन्त्री करिमा बेगम,माओवादी केन्द्र का युवा नेता रहबर अन्सारी,पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी,नागरिक समाजका अगुवा अधिवक्ता पनालाल गुप्ता,बुद्ध जानकी स्टडी सेन्टरका अदालत बिजय महा सेठ,हिन्दु परिषद नेपालका अध्यक्ष पन्डित पुरुषोत्तम दुबे,इन्जिनियर एसोसिएसनका क्षेत्रीय उपाध्यक्ष इन्जिनियर बिनोद यादव,नेत्री एवं समाजिक अगुवा रम्भा मिश्रा,दाइजो प्रथा एवं समाजिक कुरिति बिरुद्ध मंचका अध्यक्ष बृजेस्वर चौधरी,अधिवक्ता दिपकराज भन्डारी,सानोपाइलाका शैलेन्द्र त्रिपाठी,मानव अधिकारकर्मी हरेन्द्र बाबा पटेल लगायतले आ(आफ्ना धारणा एवं भ्रष्टाचार बिरुद्ध प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमको सहजीकरण पार्टीको महिला नगर अध्यक्ष सुनिता रौनियारले गरेकी थिइन भने स्वागत मन्तव्य नगर कोषाध्यक्ष पनालाल पटेलले गरेका थिए।अब भ्रष्टाचार विरुद्ध लगातार अभियान सन्चालन गरिने पहिलो चरणमा अन्तरक्रिया,दोश्रो चरणमा धर्ना प्रदर्सन गरिने महानगर अध्यक्ष ओमप्रकाश शरार्फले बताए।