×

वीरगन्ज ५ साउन पर्सा प्रहरीले हत्यामा संलग्लन रहेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका सन्जय र काजी चौरसिया रहेका छन् । उनीहरुलाई बरवा गाँउकै रामसुरत साहको २५ वर्षीय छोरा सत्रुधन साह कानुको हत्याको आरोप लागेको छ ।

सञ्जय र काजीसँगै उनका अन्य तीन जना साथीहरुले मिलेर मिलेर सत्रुधनको हत्या गरेको मृतकका परिवारजनले बताएका छन् । तिलावे पुलबाट अमरपटटी जाने बाटोको छेउमा रहेको बाँसघारीमा गम्भिर अवस्थामा उनलाई भेटिएको थियो । उनको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न भनिएका, रामेश्वर, मन्टु र काजी प्रसाद चौरसिया भने फरार छन् । उनीहरुले बुधबार बेलुकी सत्रुधनलाई घरबाट बोलाएर घरबाट बोलाएर सँगै मदिरा सेवन गरी विष खुवाएर बेहोस भएपछि बाँसघारीमा लगेर फालेको मृतक सत्रुधनका परिवारजनले बताएका छन् । नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकले पनि सत्रुधनको शरीरमा विष फैलिएको पुष्टी गरेका छन् ।

सापटी लिएको ७० हजार रुपैयाँ लेनदेनको विषयमा विवाद भएपछि सत्रुधनको हत्या गरिएको दाबी गरिएको छ । शत्रुधन बेहोस भएकै अवस्थामा मरेको ठानेर पाँचै जना युवकहरु त्यहाँबाट हिडेका थिए । होसमा आएपछि सत्रुधनले श्रीमतिलाई फोन गरेर घटना बारे जानकारी गराएका थिए । त्यसपछि उनका परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याएको र राति उपचारकै क्रममा सत्रुधनको मृत्यु भएको नारायणी उपक्षेत्रिय अस्पताल प्रहरी बिटले जनाएको छ । सत्रुधनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । ‘ घटनामा संलग्न रहको आरोप लागेका मध्ये अरु तीन जना युवकहरु फरार छन् । उनीहरुको खोजी भईरहेको छ । ’ डिएसपीचक्रराज जोशीले भने ‘ घटनाको बारेमा पनि थप अनुसन्धान गरिरहेका छौं ।’

Back to top