×

वीरगंज ५ साउन वीरगंज महानगरपालिका वडा नं. ६ का संघीय समाजवादी फोरमका प्रस्तावित उम्मेदवार रबिन्द्र वर्णवालले आफु वडाकाे चुनाव नलडने बताएका छन् । अाज बिहान यात्रा डेलीसंग कुरा गर्दै वर्णवालले आफु बिजनेस व्यापारमा लागेकोले राजनीति गर्न समय नभएकोले आफु पछि हटेकाे बताए । चुनाव लडे पूरा समय जन्ताकाे काममा दिनु पर्छ म दिन नस्कने भएकाेले म जनता सग ब्यमानी गर्न सक्दिन यस कारण म चुनाव लडदिन वर्नवालले भने तर पाटीकाे काममा हत बटाई रहने छु । संघीय समाजवादी फोरम पर्साको कोषाध्यक्ष समेत रहेका वर्णवालले यस अघि वडामा आफ्नो सक्रियता बढाएका थिए ।

Back to top