×

वीरगन्ज ४ साउन वीरगन्जका अस्पतालहरुमा रगतको चरम अभावले बिरामीहरुको उपचार प्रभावित भएको बेला संघीय समाजवादी फोरम नेपालको भातृ संस्था संघीय समाजवादी युवा फोरम नेपालले आकास्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्जको घण्टाघरमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यत्रक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।

यसलाई उल्लेखनीय संख्या बताउदै नेपाल रेडक्रस सोसाइटीका अधिकृत उदयराज शर्माले यो रक्तदानलाई धेरै महत्वपुर्ण बताए । गर्मीको बेला रगतको माग बढ्ने र रक्तदाताहरु रगत दिन नआउने भएकोले यतिखेर बिरामीहरुको आवश्यक्ता अनुसार रगत ब्यवस्थापन गर्न गाह्रो हुने उनले बताए । यस्तो गाह्रो अवस्थामा रक्तदान गरिएकोले यो अधिक महत्वपुर्ण भएको उनले जानकारी ग।ाए । रक्तदान कार्यक्रममा जलसुदिन शेख,लखनलाल गुप्ता,फिरोज हवारी, तुफान अंसारी,शेख इन्जमामुल मिया ,बिजयराम यादव विशाल कुमार सर्राफ लगायतका युवाहरुले रक्तदान गरेका छन् । यसै गरि प्रमुसाह कानु, शम्भु प्रसाद गुप्ता,महताब आलम, राजन पटेल,दिप कुमार कर्ण,सोहन लामा राजेन्द्र यादव लगायत २ महिला सहित ६२ जनाले रक्तादान गरेको शर्माले बताउनु भयो । कार्यक्रमका बिशिष्ठ अतिथी संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अधयक्ष प्रदीप यादवले युवाहरुको यस कदमलाई पार्टीले सराहना गरेको बताए । उनले राजनैतिक अधिकारको आन्दोलनसंगै आफुहरुले बिकास निर्माण तथा समाज सेवाका कार्यमा सधै स्थानिय जनताको काधंमा काधंमिलाएर अगाडि बढने बताए ।

बिहान ७ बजे रक्तदान सुरु हुदाँदेखि दिउसो ११ बजेसम्म यादवले रक्तदान कार्यक्रमा उपस्थित भई रकतदाता र आयोजक युवाहरुलाई हौस्याएका थिए । यसैविच फोरम नेपालका प्रदेश कोषाध्यक्ष विजय सरावगीले रक्तदानको लागि धन्यवाद दिदै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिन आफ्नो हरेक किसिमले सहयोग रह्ने बताएका छन् । युवा फोरम नेपालका पर्सा अध्यक्ष शेख जलसुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा

स्थानिय नेता तथा कर्यकर्ताहरुको बिशोष उपस्थिती रहेको थियो

Back to top