×

वीरगंज, साउन ०४ - वडा प्रहरी कार्यालय विर्ताले आज माष्कोट एमेडमिमा सामाजिक अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी मेरो साथि अभियान अन्तर्गत आज विर्ता स्थित मस्कोट एमेडमिका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई सामाजिक अपराध नियन्त्रण सम्बन्धि वडा प्रहरी कार्यालय विर्ताले प्रशिक्षण दिएको छ । वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज तथा प्रहरी निरीक्षक अनिश कर्णले उक्त प्रशिक्षणलाइ सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा एमेडमिका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई नेपाल प्रहरी द्वारा गरिने कार्य तथा समाजमा अन्य हुने अपराधहरुको बारेमा जानकारी दिनका साथै अपराध नियन्त्रण गर्न प्रहरीले खेल्ने भूमिकाको बारेमा चर्चा गरिएको थियो । विद्यार्थीहरुलाइ प्रहरी संग नजदीक ल्याउने र बालबालिकाहरुको मन भित्र सृजना गरिएको प्रहरीका बारे नकारात्मक भावना तथा डरलाइ चिर्न उक्त कार्यक्रमको आयोजना गरिएको प्रहरी निरीक्षक कर्णले बताउनु भयो । वहाँले आगामी दिनहरुमा अन्य स्कुल तथा कलेजहरुमा पनि यस्तै कार्यक्रमहरु गर्ने प्रहरीको योजना रहेको समेत जानकारी दिनु भयो ।

Back to top