मदिरा सेवन गरी सवारी चलाएको फेला ट्राफिकले अब देखि वीरगंजमा पनि क्लास लिने

2082

वीरगन्ज ४ साउन मदिरा सेवन गरी सवारी चलाएको फेला परे अब देखि वीरगंजमा पनि ट्राफिक सचेतना कक्षा लिनु पर्ने भएको छ । राजधानिमा मात्रै यस्तो व्यवस्था भएको भए पनि अब देखि वीरगंजमा पनि यस्तो व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिनुभयो । मदिरा सेवन गरि सवारी चलाउने कार्य निरुत्साहित गर्न र ट्राफिक सचेतना बढाउन यस्तो गर्न लागिएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजले बुधबार पत्रकार सम्मेलन गरि यो व्यवस्था जिल्लामा लागु भएको जानकारी दिएको हो । अब मदिरा सेवन गरि सवारी सन्चालन गरेको फेला परे अनिवार्य रुपमा कक्षा लिनु पर्ने छ पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदिप गिरिले भन्नु भयो त्यस्तालाइ जरिवाना मात्रै काटेर अब छाडिन्न । यस अघि मापसे गरेकाहरुलाई जरिवाना मात्रै लिएर छाडिने गरिन्थ्यो । अब मापसे गरेर सवारी सन्चालन गरेको भेटे सवारी र चालक दुवैको कागज पत्र नियन्त्रणमा लिने र २४ घण्टे पुर्जि दिएर छाडीने ट्राफिक प्रहरी निरिक्षक भट्टले बताउनुयो । त्यो अवधि भित्रमा राजश्व बुभाउन आउनु पर्ने र १ घण्टाको कक्षामा सहभागि भए पछि मात्रै राजश्व बुझेर कागजपत्र दिइने उहाँले बताउनुभयो । यस्तो व्यवस्था मंगलबार बाटै शुरु गरिएको भए पनि विहिबार मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । अहिले पनि दिनहुँ १० जना भन्दा बढी मापसे गरेर सवारी चलाउने गरेकाहरुलाइ कारवाही गरिँदै आएको भन्दै ट्राफिक प्रहरी निरिक्षक भट्टले उक्त व्यवस्था शुरु भए संगै यो संख्यामा कमि आउने विश्वास व्यक्त गर्नुभयो । मापसे गरेर सवारी चलाउनेका लागि ट्राफिक सचेतना कक्षा अब हरेक दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा हुने पनि भट्टले जानकारी दिनुभो । मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले न्युनिकरणका लागि यो व्यवस्था शुरु गर्न लागिएको भन्दै मापसे सेवन गरेर सवारि नचलान र ट्राफिक निमको पालना गर्न पनि प्रनि भट्टले सबै संग आग्रह गर्नु भयो ।

Comments

comments