×

 

वीरगन्ज ३ सावन राष्ट्रिय जनता पार्टी नेपालले मंगलबार आयोजना गरेको बीरगंज १९ नगवास्थित दक्षिण टोलमा कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश कार्यक्रममा गरेको छ । कार्यक्रममा पार्टीका महासचिव म. कदम रसुल , शिव पटेल , राजेश मान सिंह , केन्द्रीय सदस्य रमतुल्लाह खाँ , अन्जु अधिकारी , बरकतुल नेसा , अध्यक्ष मण्डलका अध्यक्ष प्रेम बाबू पटेल , उपाध्यक्ष मदन प्रसाद यादव , कपिल प्रसाद कुर्मी , दलित संघका के. सदस्य राम बाबू पासवान , जिल्ला सदस्य अशोक पटेल , १९ नं. ईकाइ अध्यक्ष शिव चन्द्र कुशवाहा लगायतका उपस्थिति रहेको थियोे । कार्याक्रममा विभिन्न पार्टी प्रत्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका थिए । गया प्रसाद चौरसियाको अध्यक्षतामा कार्याक्रम सम्पन भएको थियो भने सहजीकरण उमेश लाल सहनीले गरेका थिए ।

Back to top