×

वीरगन्ज ३ सावन ‘दाइजोकै कारण गाउँघरमा हामी जस्ता धेरै दिदी बहिनीले ज्यान गुमाएका छन’, कक्षा ९ मा अध्ययनरत अञ्जनी कुमारी कुशवाहाले भन्नुभयो, ‘दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो, त्यसैले म दाइजो माग्ने केटासंग बिहे नै गर्दिन।’मङगलबार आयोजित दाइजो प्रथाविरुद्धको जागरण अभियान कार्यक्रममा अन्जनी जस्तै उनका अन्य चार सहपाठीले पनि दाइजो माग्ने केटासंग बिहे नै नगर्ने प्रतिबद्धता जनाए । पर्साको बहुदरमाई गाउँपालिकाको डोकैला बहुअरीमा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा दाइजो एंव सामाजिक कुरुतीविरुद्ध जागरण मन्चले गरेको दाइजोविरुद्धको जागरण अभियान कार्यक्रममा अन्जनीसंगै कक्षा ९ मै पढ्ने दीपावली कुशवाहा, अन्जनी कुमारी पटेल र सरीता कुमारी रौनीयार तथा कक्षा ८ मा अध्ययनरत कुशुम कुमारीले दाइजो समाजका लागि कलंक भएको भन्दै आफूहरुले दाइजो माग्ने केटासंग बिहे नगर्ने प्रतिबद्धता जनाएका हु्न्। बिहेमा दाइजो दिने रकम पढाइमा खर्च गरेर छोरीलाई शिक्षित र सक्षम बनाउनु पर्नेमा जोड दिँदै उहाँले हरेक बुबा आमाले आफ्ना छोरीलाई उच्च शिक्षा दिएर सक्षम बनाएको खण्डमा दाइजो जस्तो कुप्रथा आफैँ समाप्त भएर जाने दाबी गर्नुभयो । कार्याक्रममा सामुदायिक सेवा केन्द्र मुर्लीको पनि सहभागिता रहेको थियो ।

Back to top