×

बारा ३ साउन सुचना माग्न गएका पत्रकार दुब्र्यवहार गरेका जीतपुरसिमरा उपमाहानगरपालिकाका लेखा अधिकृत बिशमिल्लाह अंसारी आफुसँग गल्ती भएको स्वीकार्दै आत्मग्लानी गरेपछि बिवाद सुल्झिएको छ । सुचनाको हक प्रयोग गरी सुचना माग्न गएका पत्रकार रन्जन यादबलाई लेखा अधिकृत अंसारीले सुचना मागेको भन्दै दुब्र्यवहार गरेका थिए । नेपाल पत्रकार माहासंघ बाराको सकृयतामा अध्यक्ष सहित माहासंघको प्रतिनिहिरुसँग जीतपुर सिमरा उपमाहानगरपालिका जीतपुरको कार्यालयमा भएको बार्तामा लेखा अधिकृत बिशमिल्लाह अंसारीले पत्रकार यादबसँग गरेको दुब्र्यवहार स्वीकार्दै आत्मग्लानी गरेपछि बिवाद टुङगो लागेको नेपाल पत्रकार माहासंघ बाराका केन्द्रिय पार्षद बिदुर खडकाले बताए ।उपमाहानगरपालिकाका कार्याकारी अधिकृत डिल्लीराज बेल्बासेले अबदेखि सुचना मागेकै आधारमा कुनै तहको कर्मचारीले पत्रकारलाई दुब्र्यवहार गरेमा कडा भन्दा कडा सजाय दिने नेपाल पत्रकार माहासंघ बाराका प्रतिनिधिहरु समक्ष प्रतिबधता जनाएका थिए ।

अषाढ२९ गते नेपाल पत्रकार माहासंघ बाराका प्रतिनिधिहरुसँग पत्रकार यादबसँग सुचना उपलब्ध गराउने प्रतिबधता उपमाहानगरपालिकाले उल्लङघन गरेको छ । पत्रकार यादबले माग गरेको सुचना उपमाहानगरपालिकाका प्रमुख डिल्ली राज बेल्बासेले साउन ३ गते उपलब्ध नगराएर तोडेका छन ।

जनमानसमा योजनाको बिषयलाई ब्यापक रुपमा अनियमिता र भ्रष्टचार भएको जनगुनासो आउनथालेपछि पत्रकार यादबले जेठ ७ गते सुचनाको हक प्रयोग गरी सुचना माग गरेका थिए । करिब दुई महिना हुनलाग्दा पनि जीतपुर सिमरा उपमाहानगरपालिकाले सुचना उपलब्ध गराउने कुनै तरखर देखाएको छैन ।सुचना उपलब्ध गराउन नगरपालिकाले कुनै तरखर नदेखाएपछि पत्रकार यादबले राष्ट्रिय सुचना आयोगमा उजुरी गर्ने बताएका छन ।सुचना उपलब्ध नगराई पत्रकारलाई दुख दिने नगरपालिकाको क्रियाकलापलाई कतिपयले भ्रष्टचार र अनियमितासँग जोडेर हेरेका छन ।

Back to top