×

सौरभ साह

संविधान घोषणालाइ २ वर्ष पुग्न अहिले केहि महिना मात्र बाकि छ । मधेसी, थारु, दलित, मुस्लिम, जनजाति, महिला अन्य धेरै पक्षको असन्तुष्टिको बावजूद घोषणा गरिएको संबिधानले गर्दा देशले नाकाबन्दी जस्तो एउटा ठुलो संकट झेल्नु पर्यो । प्रमुख तिन दल नेपाली कांग्रेस, नेकपा-एमाले तथा माओवादी केन्द्रको दम्ब र अहंकारको फलस्वरूप निर्माण भएको संविधानलाइ पटक-पटक संसारकै उत्क्रिस्ट संविधानको संज्ञा दिइयो तर देशको एउटा ठुलो समूहको असन्तुष्टि बीच जारि गरिएको संबिधान माथि जति झुटको खेति गरे पनि त्यो खेतिले केहि उब्जनी गर्न सकेन ।

संविधानलाइ कार्यान्वयन गराउन प्रमुख तिन दलले धेरै कसरत गरेपनि मधेसी दलहरुको बिरोध र आन्दोलनले गर्दा त्यो भएन । सत्ताको खेलमा लिप्त तिन दलले संबिधान घोषणा पश्चात ३ चोटि सरकार परिवर्तन गरिसके तर आन्दोलनरत दललाइ भने अहिले सहमतिको घेरामा ल्याउन तिनै दल असफल भएका छन् । प्रमुख तिन दल द्वारा संविधान कार्यान्वयनको लागि चालिएका हरएक कदम असफल भए पछि एक मात्र उपाएको रुपमा स्थानीय निर्वाचनलाइ घोषणा गरियो । २ दसक देखि निर्वाचनको प्रतीक्षामा रहेको नेपाली जनताले निर्वाचनलाइ एक अवसरको रुपमा लिए र सहभागी हुन अग्रसता देखाए तर मधेसी दल निर्वाचनमा जान नमाने पछि सरकारले निर्वाचनलाइ २ चोटिमा निर्वाचन गराउने निर्णय लियो र पहिलो चरणको चुनावलाइ सफल पनि पार्यो । दोश्रो स्थानीय निर्वाचन गराउने समय नजिकिदै जाँदा पनि आन्दोलनरत मधेसी दल संग सहमति नहुन सकेपछि निर्वाचनलाइ ३ पटकमा गराउने अर्को निर्णय लिइयो र प्रदेश नं. २ को निर्वाचनलाइ धेरै पर धकेलियो । अहिले प्रदेश नं. २ का ८ जिल्ला बाहेक देशका सम्पूर्ण ठाउँले आफ्नो प्रतिनिधि पाइसकेका छन् । हालसम्म पनि मधेसी दलहरुलाई सहमतिको टेवलमा ल्याउन नसकेको सरकारले पुन निर्वाचन सार्ला अथवा जबर्जस्ति गराउला त्यो समय र अवस्थाले निर्धारण गर्ने कुरा हो । अहिलेको लागि यो निर्वाचन घोषणाले हामि (युवा वर्ग) भित्र एउटा सपना पलाईदिएको छ । संविधान संग हाम्रो असन्तुष्टि रहेपनि आफ्नो प्रतिनिधिको खाँचो महसुस हामीलाई पनि हुनेगरेको छ र हामीलाई पनि मत हाली आफ्नो प्रतिनिधि छान्ने मन गर्दछ ।

प्रदेश नं. २ को प्रमुख सहरको रुपमा मानिने वीरगंज मधेस आन्दोलनको पनि प्रमुख केन्द्र रहयो । सडक आन्दोलन देखि नाकाबन्दी सम्म वीरगंज सहरले मात्र एक्लै सामना गर्नु पर्यो र आफ्नो धेरै होनहार सन्तानहरुलाई गुमायो तर वीरहरुको नगरी मानिने यस सहरले आफुलाइ कहिले पनि कम्जोर हुन दिएन । आसन्न तेश्रो स्थानीय तहको निर्वाचनको प्रतीक्षामा उत्साहित यस वीर नगरीका बासी पनि देखिन्छन । बिहान वीरगंजको चौकमा चिया खान जम्मा भएको भिडमा गएर ५ मिनेट उभिंदा वीरगंजमा कस्तो चुनावी वातावरण सिर्जना भएको छ भन्ने कुरा आरामले पत्ता लगाउन सकिन्छ । वीरगंजका जनता निर्वाचनलाइ लिएर कति उत्साहित छन् भन्ने कुरा आजकल सामाजिक संजालमा देखिने किबोर्ड युद्ध मार्फत पनि बुझ्न सकिन्छ । मैले यो उत्साह र प्रतीक्षामा अस्वाभाविक भने केहि देख्दिन किनभने दसकौं देखि वीरगंज नगरले देशका योगदान मात्रै गर्दै आएको छ र उपहार स्वरुप आन्दोलन, नाकाबन्दी तथा भ्रष्टाचार बाहेक केहि पाएको छैन । वीरगंजले योगदान गर्न क्रममा आफ्नो विकास भने गर्न सकेको छैन भन्ने कुरा एकदमै प्रस्ट छ । अहिले पनि वीरगंजको हालत वर्षौ पहिला जस्तो थियो उस्तै छ । वीरगंजको नाक मानिने घन्टाघरका ४ घडिले ४ किसिमको समय देखाउछन भने १० मिनेट परेको पानीले सहरको प्रमुख चोक आदर्शनगर भने एउटा सानो खोलामा परिवर्तन हुन पुग्छ । त्यसैगरि पंचायत कालमा बनेका २ रंगशाला अहिले सम्म पुनर्निमाण भएको छैनन् र राम्रो शिक्षा, स्वास्थ्य, सफा वातावरण जस्ता अन्या कुराहरुका बारेमा वीरगंज बासिले अहिले कल्पना मात्र गर्ने गर्छन । वीरगंजले अहिले यस्ता कयौं समस्याहरु झेलीरहेको छ र अबको निर्वाचन बाट छानिने प्रतिनिधि बाट यस्ता समस्याहरुको सामाधान पाउने अपेक्षा सबले गरेको छ ।

आगामी तेश्रो तहको निर्वाचनमा धेरै दल सहभागी हुदै छन् र वीरगंज प्रमुख अथवा मेयर पदका लागि नयाँ र पुराना दुवै मुहार देखा परेका छन् । निर्वाचन आउन अहिले महिनौ समय रहेपनि सबै प्रतिस्पर्धीले भने आफ्नो तैयारी कुनै न कुनै किसिमेले सुरु गरिसकेका छन् । केहिली रेडियो अन्तर्वार्ता माथि अन्तर्वार्ता दिदै छन् भने केहिले फेसबुक मार्फत आफ्नो मार्केटिङ्ग गर्दै छन् । त्यस्तै कहिले आफु पदमा रहेको बेला कार्यहरुको बारेमा मात्रै चर्चा गर्दै छन् भने केहिले सामाजिक काम गर्न थालेका छन् । केहि भने आहिले पनि आन्दोलन मार्फत नै आफ्नो मत जम्मा गर्ने प्रयासमा छन् । अन्य विभिन्न तरिकाहरुले वीरगंज मेयरका प्रतिस्पर्धीहरुले आगामी निर्वाचनका लागि आफ्नो तैयारी गर्दैछन् ।

वीरगंज नगरका अन्य व्यक्तिहरुले आफ्नो मेयरका रुपमा जसलाई छाने पनि हामि युवा वर्गले विकास र शान्तिलाइ माया गर्ने व्यक्तिलाइ मात्रै आफ्नो प्रतिनिधि भनेर छान्नेछौं । हामि युवाहरुको रोजाइमा पर्न वीरगंजको मेयर प्रतिस्पर्धीले आफ्नो मार्केटिङ्ग मात्र गरेर पुग्दैन, काम गरेर देखाउनै पर्छ । मात्र वाचा गरेर हुदैन, त्यो वाचालाइ पुरा गर्ने कार्ययोजना पनि प्रदर्शन गर्नु पर्छ । सपना मात्रै बाडेर हुदैन, त्यो सपना पुरा गर्ने रोड्मयाप पनि हामि समक्ष पेश पर्छ । मुख्यतया कुरा के हो भने, अबका युवालाइ प्रश्न गर्ने आइसकेको छ, र सामाजिक संजाल जस्ता ठुला हतियार हरु पनि युवाको हाथमा छन् । पहिला जस्तै अहिलेको युवालाइ ठग्न सरल छैन, अबका युवा साचिकै २१सौ सतावादीका युवा हुन्, इन्लाई लोभमा पर्न पनि सकिन्दैन । वीरगंज मेयर प्रतिन्धिले युवालाइ गौण मानेर हिड्ने समय छैन, वीरगंजमा युवाहरुको ठुलो भोट बैंक छ, र त्यो भोट बैंकलाइ क्यास गराउनु छ भने मेयर प्रतिस्पर्धीलाइ युवाहरुको सम्पूर्ण समस्या र जिज्ञासा सम्बोधन गर्नु पर्ने हुन्छ । वीरगंजलाइ राजधानी घोषणा गराउने तथा वीरगंजलाइ आन्दोलन मुक्त सहर बनाउने व्यक्तिलाइ मात्र युवाहरुले रोज्ने छन् । त्यसैगरि वीरगंजको सडक निर्माण, शुरक्षा, शिक्षा, ढल तथा नाला निर्माण देखि लिएर सडकको कुकुर व्यवस्थापन समेत गर्ने सक्ने योजना भएको व्यक्तिलाइ वीरगंजका युवाहरुले आफ्नो मत दिने छन् ।

त्यसैगरि आगामी अशोज २ गते हुन लागेको तेश्रो तहको स्थानीय निर्वाचनमा युवाहरुले पनि आफ्नो भुमुका युवा जस्तै निर्वाह गर्न आवश्यकता छ । आफ्नो प्रतिनिधि छनोट गर्दा एक युवाले धेरै कुराहरुलाई केलाउन आवस्यक छ । हामि युवाले के बुझ्नु पर्छ भने हाम्रो मतले सहरलाइ ५ वर्ष सम्मका लागि एउटा अभिभावक प्रदान गर्दै छ र अभिभावक नारार्मो भए सन्तानको पालनपोषण राम्रो हुदैन त्यसैगरि सहरको मेयर यदि हामीले गलत व्यक्तिलाइ छनोट गर्दै छौं भने हाम्रो र सहरको पालनपोषण गलत तरिकाले हुनेछ । मत हाल्नु धेरै ठुलो जिम्मेवारी हो, हामि मध्ये धेरैले आफ्नो जीवनको पहिलो मत हाल्ने मौका आगामी स्थानीय निर्वाचन मार्फत प्राप्त गर्दै छौं, म स्वयंको लागि मत हाल्ने यो पहिलो मौका हो । त्यसैले हामि सबैले आफ्नो मत एकदमै सोची र सम्झी सहर र समाजको हितका बारेमा सोच्न र साचिकै काम गर्न सक्ने सक्ने व्यक्तिलाइ हाल्नु पर्छ ।

(लेखक विद्यार्थी र युथ्स अफ वीरगंजका संस्थाका संस्थापक हुन्)

Back to top