×

वीरगंज, २ साउन । वीरगंज महानगरपालिकाको मेयर पदमा लड्न इच्छुक नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्दीन अंसारीले नगरपालिकालाई तिर्नुपने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैया ४३ पैसा घरजग्गा कर तिरेका छैनन् । महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले मिति २०७४÷०२÷२३ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई एक पत्र लेखी ९ करोड २ लाख ४७ हजार ९९६ रुपैया ४३ पैसा महानगरपालिकाले नेशनल मेडिकल कलेजबाट असुल गर्नुपर्ने बताएका छन् । मेडिकल कलेजले बारम्बार ताकेता गर्दा पनि कर तिर्न चासो नदेखाएको, आफैले आफ्नो कर निर्धारण गरेको बताए । वीरगंज महानगरपालिकाले आ.व. २०७३÷०७४ सम्म घरजग्गा एवं एकीकृत सम्पति करवापत १० करोड ३८ लाख ११ हजार ९०८ रुपैया ८ पैसा कर निर्धारण गरेको छ । जसमध्ये मिति २०७१÷११÷१२ गते नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्दीन अंसारीले आफै आफ्नो कर निर्धारण गरेर घर जग्गाकर १ करोड २३ लाख १ हजार ५७१ रुपैया र एकीकृत सम्पति वापत ६ लाख ३१ हजार १७० रुपैया ३४ पैसा बुझाएका थिए । उनले बुझाएको रकमलाई महानगरपालिकाले घरजग्गा बक्यौता कर अन्तर्गत बुझेको छ । कर बक्यौता भएको व्यक्तिले चुनाव लड्न पाउछ कि पाउदैन भनी अधिवक्ता सुधिर कर्णसंग बुझ्दा उनले कर बांकीभएका व्यक्तिले चुनाव लड्न नपाउने कानुनी व्यवस्था भएको बताए ।यात्रा डेलीले यस विषयमा बसरुद्दीन अंसारी संग ९८५५०२२२४७ मा फोन गरि बुझन खोज्दा बहाले फोन उठाउनु भएन ।

 

Back to top