×

वीरगन्ज २ साउन नेपालबाट तस्करी गरेर भारत लगिएको लागूऔषध चरेश पर्सासंग सीमा जोडिएको भारतीय गाँउबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको छ ।

पर्साको सीमावर्ती भारतको ईनर्वा खमियाँ गाँउबाट आइतवार राति एसएसबीले युपी १४ जेड ६२९९ नम्बरको ईन्डिका कारमा लोड गरिएको ५८ किलो ग्राम चरेश बरामद गरेको हो । पर्साको सोनवर्षाबाट कारमा लोड गरी जानकीटोला नाका हुँदै भारततर्फ चरेश लगिरहेको सुराकीको आधारमा एसएसबी नरकटियागन्जका सहायक कमाण्डेट अन्जन कुमार रजक नेतृत्वको टोलीले कार सहितको चरेश बरामद गरेको हो ।

एसएसबीले बाटोमा कार रोक्न इशारा गरेपछि कारमा सवार रहेका चालक सहितका तीन जना कार छाडेर भागेको र उनिरुलाइ पक्राउ गर्न नसकिएको एसएसबीका सहायक कमाण्डेट रजकले बताउनुभयो ।

Back to top