प्रहरीकै संरक्षणमा हुन्छ बारामा रातारात गिट्टी, बालुवाको तस्करी

430

बारा २ साउन बाराका विभिन्न खोलाबाट व्यापक मात्रामा गिट्टी, बालुवाको तस्करी भइरहेको छ । पर्यावरणीय अनियमितता हुने भनी जिल्ला समन्वय समिति बाराले असार १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएको थियो । तर प्रहरीकै संरक्षणमा रातारात खोलाबाट बालुवा झिक्ने कार्य भइरहेको स्रोतले बताएको छ । ‘दैनिक एउटा खोलाबाट सयभन्दा बढी ट्याक्टर गिट्टी, बालुवा निकाल्ने गरिएको छ’ स्रोतले भन्यो । सँझतिर खोलामा ट्याक्टर लैजाने र राति लोड गरेर प्रहरीलाई नजराना बुझाएर अन्यत्र लैजाने गरिएको छ । स्थानीय प्रहरी तथा गाउका युवाहरूको मिलोमतोमा गिट्टी, बालुवा झिक्ने काम भइरहेको स्थानीयले बताएका छन् ।
कुन–कुन खोलाबाट तस्करी हुन्छ ?
बाराको जितपुरसिमरा उप–महानगरपालिकाभित्र पर्ने दुधौरा खोला, बालगंगा खोला, अमलेखगंजको २ नम्बर पुल, ३ नम्बर पुल, पथलैया–निजगढ सडकखण्डको पसाहा खोला, लालबकैया खोलाको राजमार्गछेऊ तथा रतनपुरी लालबकैया खोला, भालु खोला, धन्सार खोलाबाट नियमविपरीत ढुङगा, बालुवा, तस्करी भईरहेको छ । खहरे खोलाहरूमा सङकलन गरिएको ढुङगाहरूलाई बिभिन्न क्रसर उद्योगहरूले रातिको समय पारी गिट्टी तयार गर्ने गरेको बुझिएको छ ।

प्रहरी आफैले लिन्छ पैसा
रातारात बिभिन्न खोलाबाट ढुङगा, गिट्टी, बालुवा बोक्ने ट्रयाक्टर, ट्रकसंग राजमार्गमै ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको स्रोतले बताएको छ । ट्राफिक प्रहरीले २० रुपैयांदेखि २ सय रुपैयांसम्म रकम असुल्ने गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय सिमरा, निजगढ, अमलेखगञ्ज, जितपुर क्षेत्रभित्रबाट यसरी ढुङगा, गिट्टी, बालुवा तस्करी हुनु र प्रहरी मौन बस्नुले प्रहरी र तस्करबीचको सम्बन्ध स्पष्ट भएको डुमरवानाका स्थानीय बताउ“छन् ।
प्रहरी प्रशासन मौन
रातारात ढुङगा, गिट्टि, बालुवा तस्करी भईरहदासमेत सम्बन्धीत निकाय मौन छ । कारबाही गर्ने बिषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय र स्थानीय प्रहरी प्रशासनसमेत मौन देखिएका छन् । असार १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाईएपनि रातारात तस्करी गर्ने तस्करहरुलाई प्रहरी प्रशासनले कारबाही गर्न सकेको छैन्  ।
प्रशासन के भन्छ ?
बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले खोलाबाट ढुङगा, गिट्टि, बालुवा तस्करी भईरहेको बारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिएका छन् । स्वावलम्बी साप्ताहिकसंग कुरागर्दे उनले भने ‘मैले त तपाईले भनेपछि मात्रै थाहा पाए, त्यस्तो रहेछ भने म आजै सुरक्षा निकायलाई भन्छु’ ।
प्रहरीको काम हो 
जिल्ला समन्वय समिति बाराका स्थनीय बिकास अधिकारी भरत ढुंगानाले रातिको समयमा खोलाबाट ढुङगा, गिट्टि, बालुवा तस्करी भए÷नभएको प्रहरीले हेर्नुपर्ने बताएका छन् । उनले भने ‘सायद त्योग स्टक राखेको हुनुपर्छ, तरपनि रातिको समयमा निकासी भईरहेको छ या छैन् भन्ने कुरा प्रहरीले हेर्ने हो ’ ।

भरत ढुंगाना : स्थानीय बिकास अधिकारी 

अब हेर्नुस, असार १ गतेदेखि हामिले खोलाबाट ढुङगा, गिट्टि, बालुवा निकासीमा रोक लगाएको सबैलाई थाहा छ, तर तपाईले भने जस्तो रातिको समयमा त्यस्तो कार्य भईरहेको छ भने चाहि त्यो नियन्त्रण गर्ने काम प्रहरीको हो । प्रहरीले नै त्यो काम गर्नुपर्छ । हामि त सधै फिल्डमा जान सक्दैनौ, रातिको समयमा तस्करी हुन्छ हो ? भनेर तपाई एकपटक प्रहरीलाई सोध्नुहोस् ।

मुकेश केसरी : सहायक सिडिओ

हामिले खोलाबाट ढुङगा, गिट्टि, बालुवा निकासीमा रोक लगाएका छौ । जेठ १ गते नै सबै ठेकेदार कम्पनि, आयोजना प्रमुखलाई बोलाएर अवस्थाबारे बुझ्ने काम गरेका थियौ । हामिले मौज्दातको अवस्थाबारे पनि अनुगमन गरेका थियौ । अनि त्यसपछि हामिले असार १ गतेदेखि निकासीमा रोक लगाएका हौ । तर तपाईले अहिले भनेपछि मात्र थाहा भयो । तर मैले व्यक्तिले आफ्नो खोलाबाट केहि निकालेको भन्ने चाहि सुनेको हो, तर तपाईले भने जस्तो चाही मैले सुनेको छैन् । म आज नै सुरक्षा निकायलाई भन्छु । यदि त्यस्तो हो रहेछ भने हामि कारबाही गछौ ।

Comments

comments