×

वीरगंज, २ साउन - गत महिना भएको अविरल वर्षा संगै सप्तरीमा आएको बाढिका कारण प्रभावित परिवारहरुलाई कोशिश फाउनडेसनले राहत सामग्री वितरण गरेको छ ।

विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको मैना केदारी, रायपुर र रघुनातपुरका बाढि बाट प्रभावित ८० स्थानीय बासिन्दा तथा पारिवारीलाई कोशिश फाउनडेसनले राहत किट वितरण गरेको हो । वितरण गरिएको राहत किटमा चिउरा, चाउ-चाउ, पानि, बिस्कुट,सेनेटरी प्याड, झुल, टर्च, त्रिपाल, झुल, साबुन, चटाइ र अन्य सामग्रीहरु रहेको फाउनडेसनले जनाएको छ ।

देश विदेशमा रहेका व्यक्ति तथा विभिन्न श्रोत बाट आएको सहयोग बाट जुटाइएको राहत सामाग्री लिएर गएको फाउनडेसनको एक टोलिले आइतबारका दिन राहत सामाग्री वितरण गरेको फाउनडेसनका संयोजक मदन गुप्ताले जानकारी दिनु भयो । डा. अनुज यादव, डा. धीरज जैसवाल, मधुकर झा, डा. सौगात पौडेल, सुबिर घोष, सुनिल नेपाली, शुभाष चन्द्र साह, केसव भट्टराई, शुब्रोज ढकाल, चन्दा झा, काजल झा, किरण साह र टिम, इन्टररेक्ट कल्ब अफ डिपोट, गोविन्द साह, सुजित कुमार ठाकुर, डा. सतिश यादव, डा. विजय साह रौनियार, डा. कौशल किशोर तिवारी, डा. राजीब मिश्रा, डा. आशुतोष कुमार सिंह, डा. आजित साह, डा. बिरेन्द्र मण्डल, डा. स्मृति नारायण ठाकुर, डा. स्मृति म कसुधान, डा. रोशन झा, डा. अजिव मिश्रा, डा. उत्सव आचार्य, डा. सविन भण्डारी, डा. सुधिर सिंह, डा. सुरेश थापलिया, डा. विजय यादव, डा. श्याम रौनियार, डा. सुदन ढकाल, डा. यज्ञ खरेल, डा. संजीव कुमार ठाकुर, गोविन्द लुइटेल, सन्तान मण्डल र दिनेश ठाकुर लगायत अन्य व्यक्तिहरुको आर्थिक तथा सामग्रीक सहयोगमा राहत संकलन गरिएको फाउनडेसनका संयोजक मदन गुप्ताले बताउनु भयो ।

गुप्ताले अहिले सप्तरीको अवस्था सामान्य बनिसकेको जानकारी समेत गराउनु भयो र अहिले त्यहा कुनै किसिमको राहतको आवश्यकता नरहेको जानकारी दिनु भयो । वहाँले फाउनडेसन संग अहिले पनि आपतकालीन समयका लागि ५० आपतकालीन राहत किट तैयार रहेको जानकारी दिनु भयो । कोशिश फाउनडेसनले गत वर्ष पनि देशका विभिन्न ठाउँमा आएको बाढि र आगलागी बाट पिडित परिवारहरुलाइ सहयोग गरेको थियो । साथै कोशिश फाउन्डेसनले समाज र देशमा सकारात्मक परिवर्तनका लागि अन्य धेरै कार्यक्रमहरु पनि गर्ने गरेको छ ।

Back to top