×

वीरगन्ज, १ साउन यातायात व्यवस्था कार्यालय नारायणी, वीरगञ्जबाट पनि अब स्मार्ट लाईसेन्स (सवारीचालक अनुमती पत्र) वितरण हुने भएको छ । सरकारले आज श्रावण १ गतेबाट देशैभरका यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाईसेन्स वितरणका लागि आवेदन खुल्ला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार अब पेपर प्रिन्ट लाईसेन्सको सट्टा स्मार्ट लाईसेन्स वितरण गर्न लागिएको हो । सरकारले यस अघि काठमाडौंवाट मात्र स्मार्ट लाईसेन्स वितरण गरिरहेकोमा आजबाट देशभरिकै यातायात व्यवस्था कार्यालयमा यो सेवा पु¥याएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टेकराज पाण्डेका अनुसार विभागको १४ वटै अञ्चलमा रहेका कार्यालयले अब स्मार्ट लाईसेन्स वितरण गर्नेछन् ।

Back to top