×

वीरगंज २९ असार संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल द्वारा बिभिन्न सेवाबापत लिइने शुल्कमा वृद्धिको बिरोध गरेको छ ।

अस्पताल विकास समितिले सेवा प्रदान गरे बापत ५० देखी २ सय ५० प्रतिशत सम्म शुल्क वृद्धि गरे पछि फोरम नेपाल पर्साले आज एक प्रेस बिज्ञप्ति जारि गर्दै बिरोध जनाएको हो । मुख्य रुपमा स्वास्थ्य उपचारका लागि गरिब जनताको गन्तब्यको रुपमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालका सेवाहरुलाई गुणस्तरीय र सुलभ बनाउदै लैजानु पर्ने ठाउँमा बिहिवार बसेको अस्पताल विकास मितिको बैठकले शुल्क वृद्धि गरि गरिब जनतासंग पैसा असुल्ने किसिमको रणनीति लिएकोमा फोरम नेपालले चिन्ता व्यक्त गर्दै उक्त निर्णयको बिरोध गरेको छ ।

सरकारले एक सय रुपैया लाग्ने बेडचार्जको शुल्क हटाएपछि अब त्यो एक सय रुपैया भर्ना शुल्कको नाममा असुल्ने समिति माथि फोरम नेपालले आरोप लागेको छ । भर्ना शुल्क साबिकको ३५ रुपैया रहन दिने र स्थानीय सरोकारवालाहरुसंग छलफल गरेर मात्र कुनै पनि शुल्क वृद्धि सम्बन्धी निर्णय गर्न फोरम नेपाल पर्साले प्रेस बिज्ञप्ति मार्फत अस्पताल विकास समित संग अनुरोध समेत गरेको छ ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप् यादव द्वारा जारि उक्त बिज्ञप्तिमा ४ सय रुपैया लाग्ने अल्ट्रासाउण्डको ६ सय रुपैया, एक्सरेमा थप सय रुपैया, आकास्मिक पुर्जीको लागि १५ को ठाउँमा ५० र बिभिन्न किसिमको परिक्षणको शुल्कमा भएको चर्को वृद्धिको सरकारको स्वास्थ्य नीति, मौलिक हकमा उल्लेखित स्वास्थ्य सम्बन्धी अधिकार र लोककल्याणकारी राज्यको सिद्धान्त बिपरित रहेको ठहर छ ।

फोरम नेपालले शुल्क वृद्धिको निर्णय रोकेर बिभिन्न सरोकारवाला सहितको सर्वदलीय बैठक बोलाएर सरसल्लाह लिएर मात्र अगाडी बढ्न अस्पताल बिकास समिति, अस्पताल, प्रसाशन र जिल्ला प्रसाशन समक्ष माग गरेको छ ।

Back to top