सामुदायक प्रहरी सेवा र महिला कल्याण संस्थाद्धारा सवारी चालक बारे बालबालिकासंग अन्तरक्रीया

267

वीरगन्ज २८ असार श्री नेपाल महिला कल्याण संस्थाद्धारा ट्राफिक नियम बारे बाल,बालिकाहरुलाई तिन दिने सवारी चालक सरोकार वालाहरुसंग अन्तरक्रीया कार्यक्रम सुरु भएको छ । राधेमाई स्थीत रहेको ग्रेस उच्च मा.वी. को कक्षा कोठामा विधालय मा अध्यनरत कक्षा ९, र १० का १५० जना छात्रछात्राहरु ट्राफिक नियम बारे डकुमेन्ट्री मार्फत बिस्तृत रुपमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी उपरिक्षक रविन्द प्रसाद भटट्ले दिनु भएको थियो । बिरगंज महानगर पालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रमको अध्यक्षता श्री नेपाल महिला कल्याण संस्था की रेखा घिमिरे,प्रमुख अतिथिमा बिरगंज महानगर पालिकाका प्रकाश आमात्य, मुकेश गुप्ता, सामुदायक प्रहरी सेवा केन्द«का राम सरार्फ,प्र.ज.लाल माया गुरुङ्ग,अवधेश यादव, अमित यादव, ग्रेस उच्च मा.वी का प्रधानध्यापक रामविनेश कुश्वाहा,नेपाल टेलिभिजन का नेहाल खान, लगायत को उपस्थीती रहेको थियो ।