फोरम पर्साद्धारा सप्तरी पिडित बासीहरूलाई १० लाख भन्दा बढिको सहयोग

2061
वीरगन्ज २८ असार  प्रकृतीक आपदामा फसेका सप्तरीका बाढीपिडितलाइ संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला समितीले बुधबार बिहान राहत सामग्री पठाएको छ । सप्तरीको बाढीपिडितहरुको दुराअवस्थामा राहत तथा सहयोग पुर्याउने काममा कमी रहेको कुरा संचार माध्यमबाट आइरहेको मध्यनजर गर्दै फोरम नेपालको पर्सा जिल्ला समितीले १०लाख भन्दा बढी मुल्यको राहत सामग्री पठाएको छ । राहत सामाग्री स्वरुप पार्टीका तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगीले उपलब्ध गराउनु भएको ८लाख मुल्यबराबरका त्रिपाल ५ सय थान, बिभिन्न दाताहरुबाट चामल ७५ बोरा लगायत सामान बाढीपिडितहरुका लागि संघीय समाजवादी फोरम नेपाल, पर्साले जुटाएको हो ।जिल्ला अध्यक्ष प्रदिप यादव र मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगीले पार्टीको झन्डा हल्लाएको राहत समग्रीहिको ट्रक सहितको टोलीलाइ बिदाइ गरेको थिइ । उक्त राहतसामग्री  २ नम्बर क्षेत्रका क्षेत्रीय सचिव राधाकृष्ण रौनियारको नेतृत्वमा कार्यसमिति पर्साका पदाधिकारीहरु ,युवा नेता रोहित बर्णवाल युवा अभियंता आशु सर्राफलगायतको टाली वितरण गर्न सप्तरी प्रस्थान गरेको छ ।राहत सामग्रीलाइ व्यवस्थीत रुपमा वितरण गर्न आवश्यक सहयोगको लागी पर्सा जिल्ला प्रशासन कार्यालयले  सप्तरीलाइ पत्राचार समेत गरेको छ ।

 

Comments

comments